बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

राजविराज : बसको ठक्करले बुधबार मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ। खडक नगरपालिका ६ स्थित पूर्व-पश्चिम राजमार्गमा काँकडभिट्टाबाट वीरगञ्ज गइरहेको मे १ ख २२८२ नम्बरको बसको ठक्करले विपरित दिशातर्फ गइरहेको स ६ प ७५५० नम्बरको मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बसको ठक्करले मोटरसाइकलमा सवार रुपनी गाउँपालिका ३ का २१ वर्षीय धर्मेन्द्र साह र शम्भुनाथ नगरपालिका ३ का २१ वर्षीय बैजनाथ साहको मृत्यु भएको हो।
    

ठक्करले घाइते उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो। राउ स्मारक अस्पताल लहानमा उपचाररत धर्मेन्द्र र थप उपचारका लागि लहानबाट न्युरो अस्पताल विराटनगर पठाइएका बैजनाथको बाटोमा मृत्यु भएको एसपी मुकेशकुमार सिंहले जानकारी दिए।

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.