आँप महोत्सव हुने

आँप महोत्सव हुने

राजविराज : ‘आँप एक, स्वाद अनेक’ नाराका साथ आगामी शनिबारदेखि सप्तरीमा आँप महोत्सव हुने भएको छ। फलको राजा मानिने आँप तथा कृषिजन्य वस्तुहरूको प्रवद्र्धन गर्ने उद्देश्यले सुरुंगा नगरपालिका कुशहास्थित श्रीपुरमा ‘सुरुंगा आँप महोत्सव श्रीपुर २०७५’ आयोजना हुन लागेको हो।

सुरुंगा नगरपालिका ६, आँप जोन इकाइ कार्यालय कदमाहा सप्तरीको आर्थिक सहयोगमा स्थानीय उद्यमशील कृषि सहकारी संस्थाको आयोजनामा असार ५ गतेसम्म चल्ने महोत्सवको तयारी तथा स्टल बुकिङ भइरहेको आयोजकले जनाएको छ। फलफूल विकास निर्देशनालय काठमाडौंद्वारा गुणस्तरीय आँपको थोक तथा खुद्रा बिक्री स्टल प्रदर्शनीमा राखिने आयोजक संस्थाका अध्यक्ष रामवीर चौधरीले जानकारी दिए। महोत्सवमा आँपका विभिन्न परिकार, थारू परिकार, विभिन्न संघसंस्था स्टल राखिनुका साथै सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुने चौधरीले बताए।

नेपालको सबैभन्दा ठूलो आँपको निजी बगैंचा सप्तरीमा रहे पनि आवश्यक प्रचारप्रसार र व्यवस्थापन अभावमा पहिचान कायम गर्न नसकेको उल्लेख गर्दै चौधरीले यसको प्रवद्र्धनको लागि महोत्सव कोसेढुंगा हुने विश्वास गरे। सप्तरीको साविक कुशहा गाविस १ र २ श्रीपुर गाउँमा एकै स्थलमा तीन सय हेक्टरभन्दा बढी क्षेत्रफलमा ‘नेपालको सबैभन्दा ठूलो आँपको निजी बगैंचा’ रहेको छ। यसैगरी जिल्लाको कल्याणपुरमा दुई सय ८० हेक्टर, भंगाहमा दुई सय ३०, प्रसवनीमा र मोहनपुरमा दुई÷दुई सय, रूपनगरमा एक सय ६०, सीतापुरमा एक सय ५० र जन्डौलमा ८५ हेक्टर आँप बगैंचाले ओगटेको छ।

नेपालको कुल आँप बगैंचामध्ये सबैभन्दा बढी क्षेत्रफल सात हजार दुई सय ८४ हेक्टर सप्तरीमा रहेको कृषि विकास कार्यालय सप्तरीले जनाएको छ। शिक्षित युवालाई कृषि पेसातर्फ आकर्षित गर्न, व्यावसायिक बनाउन र यसलाई समाजको आकर्षक एवं सम्मानित पेसाको रूपमा स्थापित गर्न महोत्सवले ऊर्जा प्रदान गर्ने जिल्ला कृषि विकास कार्यालय, सप्तरीका वरिष्ठ कृषि विकास अधिकृत भगीरथ यादवले बताए।


जिल्लामा आम्रपाली, चौसा, निलम, मलिका, जर्दालु, अल्फान्सो आदि जातका आँपहरूको उत्पादन बढ्दै गइरहेको छ ।

जिल्लामा स्थानीय जातका आँपहरूमा बम्बई, माल्दह, कृष्णभोग, कलकत्तिया, लंगडा, फैजली आदि छन् भने व्यावसायिक रूपमा भित्रिएका आम्रपाली, चौसा, निलम, मलिका, जर्दालु, अल्फान्सो आदि जातका आँपहरूको उत्पादन पनि बढ्दै गइरहेको छ। उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले आँप महोत्सवबाट जिल्लाको पहिचान राष्ट्रियस्तरमा प्रचारित हुने बताए। यसअघि संघले २०७२ असार ११ देखि १३ गतेसम्म कुशहाको श्रीपुरमा प्रथम आँप महोत्सव तथा बृहत् कृषि मेला प्रदर्शनी गरेको थियो।

स्वाथ्यका साथै धार्मिक मान्यताअनुसार आँपको फल, पात, हाँगा समेतको उत्तिकै महŒव रहेको बताउँदै आयोजक चौधरीले ताजा फलका साथै आँपमा आधारित स्लाइस, पल्प, जुस, जाम, जेली, स्क्वायस, अचार, अमोट, खट्टिमिठी, सुकुटीजस्ता परिकार बनाउने प्रशोधन उद्योगहरूको स्थापनाका लागि पहल गर्ने दृढता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.