रुसमा विश्वकपका कारण महिलाले विदेशीका बच्चा जन्माउने चिन्ता

रुसमा विश्वकपका कारण महिलाले विदेशीका बच्चा जन्माउने चिन्ता

एजेन्सी : विश्वकप फुटबलको आयोजक राष्ट्र रुसलाई यतिबेला एकल आमाको संख्या बढ्ने चिन्ताले छोएको छ । रुसका महिलाले विश्वकपको समयमा आएका विदेशी पुरुषसँग यौन सम्बन्ध राख्नाले  एकल आमाको संख्या बढ्न सक्ने चिन्ता बढेको हो ।

 अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका खबर अनुसार रुसी सांसद तामरा प्लेतन्योभाले रेडियो गोभोरिक मोस्कोभालाई अन्तर्वार्ता दिनेक्रममा  विश्वकपपछि एकल आमाको सङ्ख्या बढ्ने चिन्ता व्यक्त गरेकी  छिन् । उनले  विदेशी पुरुष र रुसी महिलाबाट जन्मने  बच्चाले पछि दुःख पाउन सक्ने समेत बताइन् ।

उनले विश्वकपका समय आएका पुरुषसँग यौन सम्बन्ध नराख्न रुसी महिलालाई आग्रह गरेकी छन् । रुसी संसदमा परिवार, महिला तथा बालबालिका समितिकी प्रमुख रहेकी प्लेतन्योभाले  विदेशी अश्वेत पुरुषसँग  यौन सम्बन्ध राख्दा मिश्रित सन्तान जन्मन सक्नेप्रति सचेत गराइन् । 

उनले सन् १९८० को मस्को ओलम्पिकपछि विदेशी पिताबाट जन्मिने बच्चाको सङ्ख्या एक्कासी वृद्धि भएको  स्मरण गर्दै विदेशीसँग यौन सम्बन्ध रुसीका लागि खतरनाक हुने धारणा व्क्त गरिन । 
उनले रुसी महिलाले रुसी पुरुषसँगै विवाह गर्नु पर्ने बताइन । ‘विदेशीसँग सम्बन्ध राख्दा बच्चा र आमा दुवैको विजोग हुन्छ, मिश्रित सन्तान जन्मन्छन्, त्यसकारण सुखी परिवारका लागि रुसी नागरिकले एकअर्कासँग विवाह गर्नुपर्छ ।’ उनले भनिन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.