कालोझण्डा टाँगेर पढियो ईदको नमाज

कालोझण्डा टाँगेर पढियो ईदको नमाज

भैरहवा :  रुपन्देहीको भैरहवामा मुस्लिम समुदायले आफ्नो महान पर्व ईदुल फित्र (ईद) मा कालोझण्डा लगाएर नमाज पढेका छन् । ईदको सार्वजनिक विदा कटौती गरेको विरोधमा  ईदगाहमा (नमाज पढ्ने स्थल) कालोझण्डा लगाएर ईदको नमाज पढेका हुन् ।

नेपाललाई धर्म निरपेक्ष राष्ट्र धोषणा गरिएपनि मुस्लिम सामुदायको महान पर्वमा नै विदा कटौती गर्नु दुःखत विषय रहेको मुस्लिम वेयलफेयर सोसाइटी भैरहवाका सचिव मोहम्मद अकिलले बताए ।‘अहिले हामीले सांकेतिक रुपमा कालोझण्डा राखेर शान्तपूर्ण विरोध गरेका छौँ’,उनले चेतवानी दिदैं भने, ‘यदि सरकार हाम्रो मागको विषयमा सचेत नभएमा थप कडा संघर्षमा उत्रिन बाध्य हुनेछौँ ।’

उनले थपे,‘नेपालको ईतिहासमै पहिलो पटक हामीले कालोझण्डा लगाएर ईदको नमाज पढेका छौँ यो हामी नेपालीको लागि निकै दुर्भाग्यको विषय हो तर हामी बाध्य छौँ । सरकारले हाम्रो माग सम्बोधन गर्नुपर्छ ।’ रुपन्देही लगायतका  सहरमा पनि ईदको विदा कटौती गरेको विरोध कालोझण्डा लगाएर ईदको नमाज पढिएको छ ।

विदा कटौतीको विषयलाई लिएर मुलुक भरकै मुस्लिम सामुदायको विभिन्न संघसंस्थाद्धारा पटक पटक सरकारलाई आग्रह गरिएपनि सरकारले मागलाई वेवास्ता गर्दै आएको सरोकारवालाको गुनासो छ । आत्मसंयम र शुद्धिको लागि एक महिनासम्म गरिने रमजान पर्वको रोजा (व्रत) सकिएको भोलिपल्ट ईद पर्व मनाउने गरिन्छ ।

ईदको अर्थ खुशियाली हो, रमजान सकिएको उपलक्ष्यमा खुशियाली मनाइएकोले यो पर्वको नाम ईदुल फित्र हुन गएको ओमसतिया - २ का प्रवेज आलम खाँन बताउछन् ।शनिबारको दिन ईदुल फित्र परेकोले भैरहवा तथा  आसपासका क्षेत्रका मुस्लिम धर्मावलम्बीहरु बिहानै नजिकको ईदगाह, मस्जिद, खुल्ला चौरमा भेला भई सामुहिक रुपमा नमाज (प्राथना) गरेका छन ।  एक अर्कासँग हातेमालो र अँगालो मारी ईदको बधाई तथा शुभकामना आदानप्रदान गरी खुशियाली मनाएका छन ।

भैरहवाको बसडिलवा, गल्लामण्डीको ईदगाह लगायतका ठाउमा जम्मा भई संयुक्त रुपमा नमाज पढी शुभकामना आदन प्रदान गरेका हुन ।ईस्लामका प्रवर्तक पैगम्बर हजरत मोहम्मदले  रमजानका बारेमा ‘जब रमजान सुरु हुन्छ तब स्वर्गका ढोकाहरु खोलिन्छ र नर्कका ढोका बन्द हुन्छ’ भनी बताएको खानले जानकारी दिए ।

ईस्लामिक पात्रो हिजरी सम्वत अनुसार रमजान नवौ महिना अन्र्तगत पर्दछ । उक्त पात्रोमा यसलाई पूर्ण रुपमा ‘रमजानल मुबारक‘ भनिन्छ ।विश्वभरका ईस्लाम धर्मावलम्बी एक महिनासम्म रोजा बस्दछन । ईदको दिन बिहानै उठेर नुहाई धुहाई नयाँ सफा लुगा लगाएर नमाजपछि ईदको बिषेश परिकार सेवईका साथै अन्य मिठा परिकार र खानेकुरा खाएर शुभकामनासहित पाहुनालाई स्वागत गरिन्छ । यो क्रम दिनभर चलिरहन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.