मोटरसाइकल ठोक्किँदा पुलबाट खसेर दुईजनाको मृत्यु

मोटरसाइकल ठोक्किँदा पुलबाट खसेर दुईजनाको मृत्यु

चितवन : नारायणगढ मुग्लिन सडकखण्डस्थित चितवनको इच्छाकामना गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिकामा वडा नम्बर ६ स्थित चेपाङडाँडामा रहेको तीन नम्बर पुलमा मोटरसाइकल ठोक्किँदा उनीहरू पुलबाट खसेका थिए।

बा ६२ प ३७०४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको आइतबार बिहान करिब ७ बजे भएको दुर्घटनामा घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।

अन्दाजी २५/३० वर्षका ती युवा मोटरसाइकल अनियन्त्रित भएर ठोक्किएपछि पुलबाट खसेको गौतमले बताए। मोटरसाइकल भने पुलमै अड्किएको छ।

मृतकको शब भरतपुर अस्पतालको शवगृहमा राखिएको र पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ। उनीहरू मुऊलिनबाट नारायणगढतर्फ जाँदै थिए। घटनास्थल मुगलिनबाट करिब ३ किलोमिटर नारायणगतर्फ पर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.