नारायणगढ-मुग्लिन सडक सञ्चालन

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन : पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सुचारु भएको छ। इच्छाकामना गाउँपालिका ६ स्थित जलविरेमा गएको पहिरो हटाएपछि सवारी साधन संचालन भएको छ। साँझ पौने ८ बजेदेखि दुईतर्फी संचालनमा आएको हो। 

पहिरो हटेसँगै रोकिएका सवारी साधन दोहोरो चलेका छन्। ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्मबहादुर केसीले सहज रुपमा सवारी संचालन गरिएको बताए। पहिरोको कारण सवारीलाई जाम भएको थियो।

साँझपौने ६ बजे पहिरो गएपछि त्यसको एक घण्टामा एकतर्फी बाटो बनाएर सवारी पार गराइएको थियो। एक तहको कालोपत्रे गरिएपछि सहज बनेको उक्त सडकखण्डमा सामान्य वर्षातमा पनि पहिरो जाने गरेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.