खोलाले बगाएर मृत्यु
![खोलाले बगाएर मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/dead-2_20180610071308_3zlLmjuSEa.jpg)
दमक : झापामा माईखोलाले बगाएर एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका– १० दोमुखास्थित माईखोलाले बगाउदा सोही ठाउँ बस्ने ४८ वर्षीय दावा शेर्पाको मृत्यु भएको हो ।
आइतबार दिउँसो खोलाले बगाएर ल्याएको दाउरा काट्न जानेक्रममा उनलाई खोलाले बगाएको थियो । घटनाबारे अपरान्ह ४ बजेतिर स्थानीयबाट प्रहरीलाई खबर भएको थियो । त्यसपछि स्थायी प्रहरी पोष्ट माईधारबाट टोली परिचालन हुँदा शेर्पाको शव खोलाले बगाएर लगेको अवस्थामा फेला परेको थियो । शेर्पाको शव पोष्टमार्टमका लागि दमक अस्पताल ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)