शिक्षकमाथि छात्रा करणी उद्योगमा मुद्दा
परासी : आफ्नै छात्रालाई दुव्र्यवहार गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित दीपक मावि पक्लिहवाका एक शिक्षकमाथि प्रहरीले जबरजस्ती करणी उद्योगमा मुद्दा चलाएको छ ।
विद्यालयको पुस्तकालयमा पुगेकी कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई दुव्र्यवहार गरेको आरोपमा विद्यालयका शिक्षक वन्हु खवासलाई मुद्दा चलाइएको इलाका प्रहरी कार्यालयका निरीक्षक केदार बस्नेतले जानकारी दिए ।
शुक्रबार पुस्तकालयमा रहेका अन्य विद्यार्थी बाहिर निस्किसकेपछि दुव्र्यवहार गरेको जाहेरी परिवारजनले प्रहरी कार्यालयमा दिएका छन् ।एक्लै रहेकी छात्राको संवेदनशील अंगमा समात्दै जबरजस्ती गर्न खोजेको आरोपसहित जाहेरी दिएपछि शिक्षक खवासलाई पक्राउ गरिएको निरीक्षक वस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस !