२० वर्षदेखि ‘फरार’ वडाअध्यक्ष पक्राउ

२० वर्षदेखि ‘फरार’ वडाअध्यक्ष पक्राउ

राजविराजः गाउँमै राजनीति गरिरहे पनि ज्यान मार्ने उद्योगमा फरारको सूचीमा रहेका एक वडा अध्यक्ष २० वर्षपछि पक्राउ परेका छन् । तिरहुत गाउँपालिका–३ का वडा अध्यक्ष श्यामनारायण भनिने भोगानन्द महात्मान यादवलाई प्रहरीले घटना भएको २० वर्ष तीन महिनापछि ज्यान मार्ने उद्योगमा पक्राउ गरेको छ ।

पक्राउ परेका यादव २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित छन् । २० वर्षको अवधिमा इलाका प्रहरी कार्यालय कञ्चनरुप र सम्बन्धित प्रहरी चौकीमा दर्जनौ प्रहरी प्रमुखहरु परिवर्तन भए । 

सबै प्रहरी प्रमुखहरुले हालसम्म गाउँमै राजनीति गरिरहेका वडा अध्यक्ष यादवसहित घटनाका आरोपितहरु शिवन भनिने शिवनारायण महात्मान, राजेन्द्र महात्मान, भुवनेश्वर भनिने हुमेश्वर साफी र बौवालाल साह गाउँघरमा खोजतलाश गर्दा फेला नपरेको भनी प्रतिवेदन बुझाउँदै आएका छन् ।

पाँचै जना आरोपितहरु फेला नपरेको भन्दै प्रहरीले घटनाको २० वर्ष पुग्न एक दिन बाँकी रहँदा जिल्ला अदालतमा मुद्दा बुझाएको छ । अदालतले फागुन १५ गते वारेण्टसहितको ७० दिने म्यादी पुर्जी जारी गरेपछि पनि प्रहरीले वडा अध्यक्ष यादवसहितका आरोपितहरु गाउँघरमा फेला नपरेको भन्दै जेठ ६ गते म्यादी पुर्जी घरदैलोमा टाँसी म्याद तामेल गरेर फर्के । 

पैसाको चलखेल र राजनीतिक संरक्षणकै कारण कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका अभियुक्तहरुलाई प्रहरीले पक्राउ नगरी कानुनी प्रावधानअनुसार २० वर्ष पुगेपछि मात्र मुद्दा बुझाउने गरेको कानुन व्यवसायीहरु बताउँछन् ।

राजनीतिक कारणले नै ०५४ फागुन ३ गते आरोपितहरुले बिरेन्द्रप्रसाद ठाकुरलाई ज्यान मार्ने प्रयत्न गरेको भन्दै घाइतेका दाजु ननु ठाकुर हजामले तत्कालै उजुरी दिएका थिए । उजुरीमा विपक्षीहरु र उनिहरुको पार्टीलाई समर्थन नगरेका कारण पानी पटाउन खेत गएका बिरेन्द्रलाई आरोपितहरुले हत्या प्रयास गरेको उल्लेख छ । 

त्यस उजुरीमा ‘हाम्रो शत्रु यही हो’ भन्दै आरोपितहरुले धारिलो फर्साले वीरेन्द्रको टाउकोमा प्रहार गरेको र घाँटी छिनाउने मनसायले प्रहार गर्दा बिरेन्द्र गम्भिर घाइते भएकाले कारवाहीको माग गरिएको थियो । प्रहरीले सो उजुरी ०५४ फागुन ११ गते दर्ता गरेपनि २० वर्षसम्म कसैलाई पक्राउ गरेन् । 

पक्राउ परेका वडा अध्यक्ष यादव जिल्ला अदालतको आदेशमा सोमबार ४५ हजार धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका छन् । अन्य आरोपितहरु हालसम्म पक्राउ परेका छैनन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.