दमकमा विभिन्न घटनामा दुईको मृत्यु
![दमकमा विभिन्न घटनामा दुईको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/duber-death_20180619053617_vHEhDtfBqo.jpg)
दमक : मोरङ र झापा जिल्लामा सोमबार करेन्ट लागेर तथा पोखरीमा डुबेर दुईजनाको मृत्यु भएको छ।मोरङ लेटाङ नगरपालिका-५ खेरुवामा बिजुलीको पोलबाट करेन्ट लाग्दा सोही ठाउँ बस्ने ५० वर्षीय सूर्य राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।
खेतमा झरेको बिजुलीको पोलबाट धानखेतमा जमेको पानीमा बिधुत प्रवाह हुँदा राईलाई सोमबार दिउँसो करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। राईको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार अपरान्ह ३ बजे मृत्यु भएको हो।
यता झापाको कचनकबल गाउँपालिका-४ चकचके बस्ने खजुल मियाको ७ वर्षीया छोरी छरिता मियावको पोखरीमा डुबेर मृत्यु भएको छ। झापा बाह्रदशी गाउँपालिका-३ राधानगरस्थित मावली घर नजिकै रहेको पोखरीमा डुबेर छरिताको मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढले जानएको छ।
सोमबार बिहान मावली नजिकै रहेको पोखरीमा साथीसँग खेल्न निस्केकी छरितालाई बिहान ११ बजेतिर स्थानीयले पोखरीमा डुबेर मृत अवस्थामा भेटेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)