कांग्रेस प्रशिक्षण : एकताको ब्यानरमुनि आरोपप्रत्यारोप

कांग्रेस प्रशिक्षण : एकताको ब्यानरमुनि आरोपप्रत्यारोप

 भरतपुर : कांग्रेसका नेताहरूले पार्टी एकताको नारा लगाउँदै चितवनको भरतपुरमा सोमबार आयोजित दुई अलग–अलग कार्यक्रममा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले अर्को खेमालाई आरोप–प्रत्यारोप लगाएका छन् ।

कांग्रेसको भ्रातृसंगठन नेपाल दलित संघ र शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक संघले सोमबार प्रदेशस्तरीय छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेको थियो । एकअर्कामा कट्टर आलोचक मानिएका सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले बेग्लाबेग्लै कार्यक्रममा प्रमुख अतिथि थिए । सभापति देउवा र नेता सिंहले गत वर्ष भएका तीनै तहका निर्वाचनमा कांग्रेसको पराजयको दोष एकअर्को पक्षलाई लगाउनमै समय खर्चिएका थिए ।

नेपाल दलित संघ चितवनले आयोजना गरेको दुईदिने प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पार्टीले भोगेको पराजयको पीडाको चर्चा गरेर एकताको खोजी गरे । पार्टीभित्रको अन्तर्घात नै मुख्य समस्या भएको उनीहरूले बताए । तैपनि, आफ्नो पक्षलाई जोगाएर अर्कोलाई दोष दिन भने दुवै पक्षले प्रयास गरेका थिए । बुधबार भरतपुरमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा सहभागी नेताले एकअर्कामाथि दोष थुपार्न भने पछि परेनन् ।

भेलालाई सम्बोधन गर्दै सभापति देउवाले टिकट नपाउने र टिकट पाएर हारेकाहरूले आफूलाई दोष दिएको भनेर आपत्ति जनाए । आफूलाई दोष दिन छाडेर आफ्नो पराजयको कारण खोज्न सुझाव दिए । सभापति देउवाले पार्टीभित्रको अन्तर्घातले पार्टी पराजित बनेको स्पष्ट पारे ।

दलित संघको कार्यक्रममा बोल्ने नेताहरूले पार्टीको कमजोरीको खोजी गरे । महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको अन्तरविरोधले पार्टी सकिँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

सहमहामन्त्री डा. प्रकाशशरण महतले भने पार्टी सभापतिको खुलेरै बचाउ गरे । उनले नेतृत्वलाई निन्दा गरेर पार्टी बलियो नहुने बताए । आन्तरिक द्वन्द्वका कारण आफ्नैले भोट नहालेर पराजित भएको उनको भनाइ थियो ।

कांग्रेस नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने पार्टीभित्रको गुटको राजनीति गरेको भन्दै सभापति शेरबहादुर देउवा नेतृत्वको कडा आलोचना गरे । प्रजातन्त्रवादी प्राध्यापक संघले आयोजना गरेको ३ नम्बर प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेतृत्वले एकताको नारा गरेर गुट घुसाएको आरोप लगाए । चितवनमा सोमबार भएको प्रजातान्त्रिक प्राध्यापक संघ प्रदेश ३ को भेलामा सिंहले देउवाको आलोचना गर्दै भने, ‘एकताको नाटक गरेर आफ्नो गुट घुसाउने अनि एकताको नारा लगाउने ? ’ उनले पार्टीमा सही काम गर्ने र खुरापाती गर्ने एउटै मूल्यांकन भएको आरोप लगाए ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.