खाल्डोमा डुबेर बालिकाको मृत्यु
राजविराज : खाल्डोमा डुबेर सप्तरीमा मंगलबार एक बालिकाको मृत्यु भएको छ । कञ्चनपुर नगरपालिकास्थित सुन्दरी खोलाले बनाएको १० फिट गहिरो खाल्डोमा डुबेर नगरपालिका १२ की ६ वर्षीया स्मृति विकको मृत्यु भएको इलाका प्रहरी कार्यलय कञ्चनपुरले जनाएको छ ।
शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको मृतकका बुवा डिकबहादुर विकले बताए ।