रुस विश्वकपमा पोर्चुगलको पहिलो जित : रोनाल्डोले गरे सुन्दर गोल

मस्को : विश्वकप फुटबल अन्तर्गत बुधबार भएको समूह ‘बी’को आफ्नो दोस्रो खेलमा पोर्चुगल विजयी भएको छ। अफ्रिकी टोली मोरक्कोविरुद्ध पोर्चुगलले पहिलो जित दर्ता गरेको हो।
पोर्चुगलका किष्टियानो रोनाल्डोले खेल सुरु भएको चार मिनेटमै मोरक्कोविरुद्ध गोल गरे। त्यही गोल नै निर्णयक बन्यो। रुस विश्वकपमा रोनाल्डोको यो व्यक्तिगत चौथो गोल हो। यसअघि पहिलो खेलमा रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए।
यो जितसँगै पोर्चुगलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनेको छ। स्पेन र इरानबीचको खेलले पोर्चुगलको दोस्रो चरणको सम्भावनालाई नयाँ मोड दिनेछ।
मोरक्को र पोर्चुगलबीच एउटा गज्जबको संयोग छ। मोरक्कोले रुससहित पाँचवटा विश्वकप फुटबलमा गरी १४ खेल खेल्दा केवल दुई खेलमा जित हात पारेको छ। दुईमध्ये पहिलो जित पोर्चुगलविरुद्ध दर्ता गरेको थियो।
सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा पोर्चुगलविरुद्ध आफ्नो टोलीले जित हात पारेको थियो। त्यसताका मोरक्कोले पोर्चुगललाई ३–१ ले पराजित गरेको थियो। ३२ वर्ष अघिको पोर्चुगल र मोरक्कोको इतिहासलाई रोनाल्डोले उल्टाएका हुन्। 
मोरक्को अघिल्लो खेलमा आत्मघाती गोलले इरानसँग पराजित भएको थियो। पोर्चुगलसँगको हारसँगै मोरक्को विश्वकपबाट बाहिरिने पक्का भएको छ। 
पढ्नुहाेस्
- रसिया विश्वकपमा रोनाल्डोको पहिलो ह्याट्रिक
- रोनाल्डो चम्किएपछि पोर्चुगलले स्पेनलाई बराबरीमा रोक्यो
- बलियो आक्रमणविरुद्ध दरिलो रक्षापंक्ति
- मोरक्कोले विश्वकपमा पोर्चुगललाई पराजित गर्दा रोनाल्डो एक वर्षका थिए !



प्रतिक्रिया दिनुहोस !