मुआब्जा आएपछि विमानस्थल निर्माण अवरोध हट्यो

मुआब्जा आएपछि विमानस्थल निर्माण अवरोध हट्यो

भैरहवा : राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा निर्माण अवरोध हटेको छ। आन्दोलनमा उत्रिएका स्थानीयले बिरोध कार्यक्रम फिर्ता लिएपछि निर्माण सुचारु भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट मुआब्जा वितरणको लागि २ अर्ब रुपैयाँ विमानस्थल आयोजनाको बैंक खातामा आएपछि आन्दोलन स्थगित गरिएको हो। मुआब्जा वितरण गर्न २ अर्ब रुपैयाँ आइसकेको र विमानस्थल निर्माण कार्य सुचारु भएको विमानस्थलका आयोजना प्रमुख ओम शर्माले जानकारी दिए।

स्थानीयको विरोधका कारण सोमबारदेखि प्रभावित कामलाई रातको समयमा काम गरेर ‘कभर’ गरिने उनले बताए। मुआब्जा वितरण गर्न रकम आइसकेको र बिहिवारदेखि मुआब्जा वितरण प्रक्रिया सुरु हुने शर्माले बताए। फागुनदेखि मुआब्जा वितरण नहुँदा स्थानीय आक्रोशित भई आन्दोलनमा उत्रिएका थिए। केही साताअघि मुआब्जा वितरणको लागि अर्थमन्त्रालयबाट ५ अर्ब रुपैयाँ निकासा भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डिजी) सञ्जिव गौतमले मुआब्जाको रकम अड्काएर राखेपछि पिडितले मुआब्जा वितरणका साथै डिजीको राजिनामा माग गर्दै आन्दोलन सुरु गरेका थिए।

आन्दोलनको नेतृत्व गरेका प्रदेश ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेयले मुआब्जा वितरणको लागि अर्थ मन्त्रालयबाट निकासा भएको ५ अर्ब रुपैयाँमध्ये २ अर्ब रुपैयाँ आइसकेकाले आन्दोलन स्थागित गरिएको बताए। बाँकी ३ अर्ब रुपैयाँ पनि २ दिन भित्र आउने पर्यटन राज्य मन्त्रीले आश्वासन दिएको र दुई दिनभित्र बाँकी रकम नआए आन्दोलन थप सशक्त रुपमा अगाडी बढाउने उनले चेतावनी दिए। पिडितले आगामी साउनदेखि १० लाख रुपैयाँबाट लाभकर तिर्नुपर्ने व्यवस्थाको विरोध गर्दै खारेज गर्नुपर्ने माग गरेका छन्।

कुनै लाभको लागि जग्गा विक्री नगरिएको र सरकारले अधिग्रहण गरेको कारण लाभकर लिनु जायज नरहेको उनीहरुको भनाइ छ। करिब २३ अर्ब रुपैयाँ मुआब्जा वितरण गर्नुपर्नेमा हालसम्म ६ अर्ब रुपैयाँ मुआब्जा वितरण भएको छ। आयोजनाको अनुसार जग्गा अधिग्रहणमा परेको करिब २ हजार ३ सय परिवारमध्ये हालसम्म करिब ८ सय जनालाई मुआब्जा वितरण गरिएको छ।

सन् २०१९ लाई अपरेशन वर्षको रुपमा लिएर विमानस्थलको काम दृत गतिमा अगाडी बढाइएको छ। आयोजना प्रमुख ओम शर्माका अनुसार विमानस्थलको ५० प्रतिशत काम सम्पन्न भएको छ। अहिले विमानस्थलको टर्मिनल भवन, धावनमार्ग, विमान पार्किङस्थल, कन्ट्रोल टावरलगायतका संरचना तिव्र गतिमा काम भइरहेको छ।

...


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.