भारतमा महंगो भएका कारण मरिचको तस्करी बढ्दो

भारतमा महंगो भएका कारण मरिचको तस्करी बढ्दो

परासी : पश्चिम नवलपरासीको सीमावर्ती नाका महेशपुरबाट संघीय प्रहरी इकाई कार्यालय भैरहवाको टोलीले मरिच बरामद गरेको छ । बुधबार राति महेशपुरबाट भारतको ठूठीबारीतर्फ लैजादै गरेको अवस्थामा एक क्विण्टल ७५ केजी मरिच भैरहवाबाट खटेको प्रहरी टोलीले बरामद गरेको हो ।

जिल्लाको सीमावर्ती नाकामा रहेका प्रहरी कार्यालयलाई अवैध सामान ओसारपसारबारे जानकारी दिएपनि वास्ता नगरेको भन्दै भैरहवाको टोलीलाई जानकारी गराएको स्थानीयले बताएका छन् । स्थानीयको जानकारीपछि आएको टोलीले आसोरपासरमा संलग्न व्यक्तिहरुले टाउकोमा बोकेर लैजादै गरेको अवस्थामा मरिच बरामद गरेको हो ।

बरामद गरेको मरिच २५ केजीका दरले सात वटा बोरामा रहेको प्रहरीले जनाएको छ ।  नेपालमा भन्दा भारतमा मरिचलगाएत मसलाजन्य वस्तुको भाउ महङ्गो भएका कारण अवैध रुपमा त्यसतर्फ जाने गरेको छ । नेपालमाभन्दा भारतमा मरिचप्रति केजी दुई सय रुपैयाँ बढी छ ।

केही दिनदेखि महेशपुरबाट सुपारी, सुक्मेल, मरिचलगायतका मसलाजन्य वस्तु भारतर्फ ओसारपसार हुने क्रम बढेको छ । त्यसैगरी महेशपुर नाकाबाटै भारतीय कपडाको अवैध कारोबारसमेत बढेको स्थानीयले बताएका छन् ।   

पश्चिम नवलपरासीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जिल्लाबाट सादा पोशाक(घुमुवा)का प्रहरी नखटाइएकाले रातको समयमा लुकिछिपी अवैध कारोबार बढेको जानकारी आएकाले नियन्त्रणका लागि मातहतका युनिटलाई सक्रिय रुपमा परिचालन गरिएको बताए ।

जनशक्ति कम भएका कारण भैरहवाबाट खटाइएका सादा पोशाकका प्रहरीले निगरानी बढाएको र जिल्लाको मातहतका युनिटको सम्पर्कमा रही अवैध सामान पक्राउ गर्ने गरिएको प्रहरी उपरीक्षक भट्टले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.