भारतीय विद्यार्थीको रोजाइमा नेपाली विद्यालय

भारतीय विद्यार्थीको रोजाइमा नेपाली विद्यालय

परासी : पश्चिम नवलपरासीका नीजि विद्यालय भारतीय विद्यार्थीको रोजाईमा पर्ने गरेका छन्।जसका कारण सदरमुकाम परासीसहित सीमा क्षेत्रका नीजि विद्यालयमा अहिले भारतीय विद्यार्थीको चाप बढ्न थालेको छ। 

भारतीय विद्यालयभन्दा नेपालमा राम्रो पढाइ हुने भएकाले अभिभावको रोजाइमा नेपाली विद्यालय पर्ने गरेका हुन्। भारतीय अभिभावकले अंग्रेजी माध्यमसँगै अन्य विषयको पठनपाठन गुणस्तरीय हुने भएको भन्दै नीजि विद्यालयमा बालबालिका पठाउने गरेका छन्। 

सरकारी विद्यालयम राम्रो पढाइ हुने गरेपनि भर्नाका लागि जन्मदर्ता वा अन्य प्रमाण आवश्यक हुने भएकाले भारतीय अभिभावक नीजि विद्यालयमा बालबालिकालाई भर्ना गर्ने गरेका छन्।जिल्लाको त्रिवेणी, भूजहवा, महेशपुर, गेर्मीलगायतका नीजि विद्यालयमा भारतीय विद्यार्थी अध्ययनका लागि आउने गरेका छन्।

सीमा नाकाको भारतीय क्षेत्रबाट विद्यार्थीको चाप बढेपछि विद्यालयले सवारीसाधनको व्यवस्था मिलाएर आवतजावतको व्यवस्था गरेका छन्। उनीहरुले भारतीय नम्बर प्लेटका सवारीसाधनबाट विद्यार्थीलाई ओसारपसार गर्छन्।

भारतीय बजार ठूठीबारीका अभिभावक दुर्गाप्रसाद गुप्ताले नेपालमा राम्रो पढाइ हुने भएकाले आफ्ना छोराछोरीलाई महेशपुरस्थित नीजि विद्यालयमा भर्ना गरेको बताए। उनले सीमावर्ती भारतीय क्षेत्र ( ठूठीबारी ) वरपरका क्षेत्रमा रहेका विद्यालयमा अंग्रेजी माध्यमको पढाइ राम्रो नभएको र अन्य विषयको पढाइसमेत गुणस्तरीय नभएकाले नेपालमा पठाउने गरेको बताए।

पाल्हीनन्दन गाउँपालिका-१ महेशपुरस्थित मुनलाइट इङ्गलिस स्कुलमा ९० जना भारतीय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका संस्थापक रविन्द्र शर्माले जानकारी दिए। 
सबै विद्यार्थीलाई नेपाल सरकारले निजी विद्यालयमा लागू गरेको पाठ्यक्रम अनुसार नै अध्यापन गराउने गरिएको उनको भनाई छ। 

तल्लो तहबाटै शैक्षिक सुधारको आवश्यकता महशुस गरेपछि अभिभावकले नेपालका विद्यालयमा आफ्ना बालबालिका पठाउने गरेको शिक्षकले बताएका छन्। सयपत्री माविका प्राचार्य रामप्रसाद पाण्डेले भारतमा रहेका ठूला सहरभन्दा नेपालसँग सीमाना जोडिएका भारतीय विद्यालयको गुणस्तर राम्रो नभएका कारण अभिभावकका लागि नेपाली विद्यालय रोजाईमा पर्ने गरेको बताउँछन्।

केही विद्यार्थी उच्च शिक्षाका लागि पनि नेपाली कलेज आउने गरेका छन्। परासीस्थित लिटिल एञ्जल्स माविका प्राचार्य सूमनगोपाल आचार्यले भारतीय विद्यार्थी अध्ययनका लागि आउने गरेको बताए। 'केही वर्षपहिले एक सय बढी भारतीय विद्यार्थी थिए, विगतमा हुने बन्द हड्ताले संख्या घटेको छ। तैपनि तल्लो तहदेखि उच्च शिक्षाका लागि भारतीय विद्यार्थी आउने गरेका छन्,' आचार्यले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.