इजाजतबिना सञ्चालन पोलिक्लिनिकमा शिलबन्दी
राजविराज : बिना इजाजत सञ्चालनमा रहेको सप्तरीको एक पोलिक्लिनिकमा प्रशासनले बिहीबार शिलबन्दी गरेको छ। आवश्यक कागजबिना सञ्चालन गरेको पाइएपछि सहायक प्रमुख जिल्ला अधिकारी नरबहादुर खडका नेतृत्वको अनुगमन टोलीले सप्तकोशी नगरपालिका-१ फत्तेपुरस्थित जनसेवा पोलिक्लिनिक र औषधि पसल शिलबन्दी गरेको हो।
बजार अनुगमनमा टोली पुगेका बेला पोलिक्लिनिकका सञ्चालक दिलिप चौधरी पसलमा थिएनन्। पसलमा रहेकी चौधरीकी श्रीमतिसँग कागजात माग्दा नपाइए पछि शिलबन्दी गरिएको सहायक सिडिओ खडकाले बताए।क्लिनिकसँग यसअघि नै आवश्यक कागजात तयार पार्न अनुगमन टोलीले निर्देशन दिएको थियो।
प्रतिक्रिया दिनुहोस !