ब्राजिल-कोस्टारिकाबीच पहिलो हाफ गोलरहित बराबरी
सेन्ट पिटर्सबर्ग: विश्व कपको समूह ई मा ब्राजिलले अहिले स्टारिकासँग खेलिरहेको छ। ब्राजिलका लागि स्टार खेलाडी नेमार फर्किनु राम्रो पक्ष भएको छ । खेलको नवौँ मिनेटमा ब्राजिललाई पहिलो फ्रि किक मिलेको थियो । १० औँ मिनेटमा नेमारले फ्रि किक त हाने तर गोलमा परिणत गर्न चुके ।
सिल्भा फर्किए
उनी स्विट्जरल्यान्डविरुद्धको खेलमा गोलीगाँठोमा चोट लागेर घाइते भएका थिए । खेलका क्रममा २६ औँ मिनेटमा नेमारको पासमा ग्याब्रियल जिससले गोलमा परिणत त गरेर तर रेफ्रीले उनलाई अफ साइड दिए ।
खेलको पहिलो पहिलो कर्नर ३९ औँ मिनेटमा ब्राजिललाई मिल्यो । जसलाई विलियनले प्रहार गरे । त्यसैगरी कोस्टारिकाले पनि केही राम्रा मुभ निकाल्यो तर फिनिसिङमा समस्या देखियो ।
सन् २०१५ को विश्व कपमाकप्तान रहेका थियागो सिल्भा पनि एक सालपछि टिममा सहभागी भएका छन् । सिल्भा यस खेलमा टिमको कप्तानी पनि गरिरहेका छन् । ब्राजिलले गत आइतवार स्विट्जरल्यान्डसँग निराशाजनक १-१ को बराबरी खेलेको थियो । सर्बियाविरुद्धको खेलमा हारेपनि कोस्टारिकाको रक्षापंक्तिले बलियो प्रदर्शन गरेको थियो ।
ब्राजिल पछिल्लो विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । जहाँ उसलाई जर्मनीले ७-१ से हराएको थियो । त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा ब्राजिलले नेदरल्यान्डलाई हराएको थियो । प्रि-क्वार्टरफाइनलमा पुग्न ब्राजिलले यो खेल जित्नै पर्ने दबाब छ । अहिले ब्राजिलसँग १ अंक मात्रै छ ।
प्रतिक्रिया दिनुहोस !