लघु जलविद्युते गाउँँ उज्यालो

लघु जलविद्युते गाउँँ उज्यालो

कालिकोट : कालिकोट जिल्लाको निकै विकट गाउँपालिका पलाँताको फागोटीस्थित भुच्चीखोला लघु जलविद्युत् आयोजना निर्माण भएपछि गाउँमा पहिलोपटक विद्युत् बलेको छ। जिल्लाको निकै विकट गाउँपालिकाको फागोटीमा लामो समयदेखि निर्माणाधीन भुच्चीखोला लघु जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भएसँगै बिहीबारदेखि गाउँमा विद्युत् बलेको हो।

पलाँता गाउँपालिका–७ स्थित भुच्चीखोला लघु जलविद्युत् आयोजना सञ्चालनमा आउँदा फागोटीका दुई सय ८० घरधुरीहरूले पहिलो पटक बत्ती बाल्ने मौका पाएका छन्। भुच्चीखोला लघु जलविद्युत् आयोजना निर्माण उपभोक्ता समितिका अध्यक्ष अजबहादुर बमको अध्यक्षता, गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरी जलविद्युत्का् उद्घाटन गरिएको हो। भुच्चीखोला लघु जलविद्युत् आयोजनाका सचिव जनकबहादुर बमका अनुसार दुई करोड नौ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त आयोजनाका लागि स्थानीयले करिब ५० लाख बराबरको श्रमदान गरेका थिए। बमले भने, ‘साबिकको थिर्पु गाविसले हालेको बजेट ३६ लाख, वैकल्पिक ऊर्जाबाट प्राप्त ९० लाख र पलाँता गाउँपालिकाले यस आर्थिक वर्षमा विनियोजन गरेको ३६ लाख गरी १ करोड ६२ लाख बजेट विभिन्न निकायबाट प्राप्त भएपछि बाँकी करिब ५० लाख रुपैयाँ बराबर स्थानीयले निःशुल्क श्रमदान गरे।’

४० किलोवाट क्षमता रहेको आयोजनाबाट पलाँता गाउँपालिका–७ का दुई सय ८० घरधुरी लाभान्वित भएका हुन्। गाउँमा बिजुली बल्ने कल्पना नै नगरेका स्थानीयले लामो समयपछि घरघरमा बत्ती बलेको देख्दा खुसियाली नै मनाएका छन्। पलाँता गाउँपालिका–७ का वडाध्यक्ष ब्रजबहादुर बम र स्थानीय समाजसेवी धीरबहादुर बमले भुच्चीखोला सिँचाइ आयोजना निर्माण गर्दा विद्युत् पनि निकाल्न सकिन्छभन्दा अचम्म मानेका स्थानीयले अहिले सबैको सक्रियतामा गाउँमा विद्युत् आएको बताए। यसको निरन्तरता वडापालिकाले गर्ने र मर्मत सम्भार कोषको स्थापना गरी व्यवस्थित बनाइने प्रतिबद्धता जनाइएको छ।


भुच्चीखोला लघु जलविद्युत् आयोजना जिल्लाकै नमुना बनेको आयोजना बनेको छ।

उद्घाटन कार्यक्रममा स्थानीय धनमल विकले गाउँमा विद्युत् आउँछ भन्ने कल्पना नै नगरेको बताउँदै अहिले आफूहरूले अँध्यारोबाट मुक्ति पाएको बताए। उनले भुच्चीखोला लघु जलविद्युत् आयोजना जिल्लाकै नमुना बनेको बताउँदै यसको संरक्षण र सम्बद्र्धनका लागि गाउँले नै लागिपर्ने बताए। कार्यक्रममा पलाँता गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानेले गाउँपालिकाका धेरै वडामा यस वर्षका विकासका योजना माघमा पेस्की लिएर हालसम्म पनि सुरुवातसमेत नगरेको बताउँदै भुच्चीखोला जलविद्युत् आयोजनाका उपभोक्ताहरूले नमुना काम गरेको बताइन्।

यस्तै गाउँपालिका अध्यक्ष बमले आफ्नो कार्यकालभित्र गाउँपालिकाका सबै वडामा सडक र बत्तीको सुविधा पु¥याउने प्रतिबद्धता कार्यान्वयनको चरणमा रहेको बताउँदै त्यसको पहिलो उपलब्धि भुच्चीखोला लघु जलविद्युत् भएको बताए। उनले भने, ‘गाउँपालिकाले पहिलो वर्षमै सडक, विद्युत्, शिक्षा, खानेपानीलगायत क्षेत्रमा धेरै फड्को मारेको छ। उनले भने, अर्को आर्थिक वर्षबाट पलाँतालाई ‘विकट’ भन्ने शब्दबाट मुक्त बनाउने नीति तथा कार्यक्रम तय गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.