रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा प्रिन्सिपलको मृत्यु

रोकिराखेको  ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा प्रिन्सिपलको मृत्यु

राजविराज : बिग्रिएर सडक किनारमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्‍किँदा प्रिन्सिपलको मृत्यु भएको छ। अग्नीसाइर कृष्णसवरण गाउँपालिका-२ सितापुरस्थित राजमार्गमा सडकको उत्तर किनारामा रोकिराखेको स.१त ४४९३ नम्बरको ट्याक्टरमा ठोक्‍किँदा आदर्श मावि महुलीका प्रिन्सिपल ३५ वर्षीय गुणराज कटेलको घटनास्थलमै मृत्यु भएको स्थानीय बोधराज सुबेदीले बताए।

खोटाङ्गको हलेसी महादेवको दर्शन गरी घरतर्फ जाँदै गरेका प्रिन्सिपल कटेल सवार अन टेस्ट मोटरसाइकल शनिबार राति १० बजेतिर टयाक्टरमा ठोक्‍किँदा घटनास्थलमै मृत्यु भएको सप्तरीका एसपी मुकेशकुमार सिंहले बताए।

मोरङको पथरीबाट चार वर्ष अघि आएर अग्नीसाइर कृष्णसवरन गाउँपालिका-६ महुलीमा बस्दै आएका कटेल स्थानीय आदर्श माविका प्रिन्सिपल हुन्।अन्तरजातीय विवाह गरेका उनका एक श्रीमति र एक छोरा छन्। 

मोटरसाइकल पछाडि सवार सोही विद्यालयका सञ्चालक ४० वर्षीय लालबहादुर तामाङ भने गम्भीर घाइते भएका छन्। उनको निधार र खुट्टामा चोट लागेको छ।घाइते तामाङको कञ्चनरुप ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचारपश्चात थप उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पठाइएको छ।

कटेलको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ। ट्याक्टर चालक फरार रहेकाले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ। पोष्टमार्टमपश्चात कटेलको शव दाहसंस्कारका लागि पथरीस्थित पुख्र्यौली घर लगिने सुबेदीले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.