साढे चार लाखको औषधिसहित तीन जना पक्राउ
राजविराज : सिमावर्ती क्षेत्रबाट साढे चार लाख मूल्य बराबरको औषधिसहित तीन जना तस्करलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ लुकाएर ल्याउँदै गरेको चार लाख ४२ हजार चार सय रुपैयाँ बराबरको औषधिसहित छिन्नमस्ता गाउँपालिका– ५ का ४० वर्षीय रामविलास दास, ३० वर्षीय श्रवण सदा र ५० वर्षीय फुलगेन सदा पक्राउ परेको एसपी मुकेशकुमार सिंहले बताए ।
प्रहरी नायव निरीक्षक वकिल ठाकुरको नेतृत्वको टोलीले भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको उनीहरुलाई ठूलो परिमाणको औषधिसहित तिलाठी कोइलाडी गाउँपालिका– १ स्थित नहर छेउबाट पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट आप्टीबेक्स ३६ बट्टा, क्रिटोजना ३० बट्टा, बाल्कोबाल प्लस २० बट्टा, प्रिम्नोटकिट नौ बट्टा, मेस्कीटो पाँच बट्टा, मुल्टीभिट तीन बट्टा, डेक्ट्रोलिन ५३३ वटा र मोक्सी ३० वटा बरामद गरिएको एसपी सिंहले बताए ।