'जर्मन रेफ्रीलाई जिम्मा दिएर सर्बियालाई हराइयो'
विश्व फुटबल महासंघ (फिफा) डकैती गर्ने संस्था हो । फिफाका हरेक निर्णय स्वेच्छाचारी र आफू अनुकूल हुने गरेका छन् । विश्वकपको आयोजनामा मात्र होइन खेलका क्रममा पनि फिफाले जानाजान लापरवाही गरिरहेको छ ।
स्विट्जरल्यान्डसँग सर्वियाले उत्कृष्ट खेल खेलेको थियो । सर्वियाले जित्नु पर्ने खेल थियो तर, रेफ्रीले हराएरै छाडे । हामीले फिफाका प्रवक्तालाई यस विषयमा निवेदन दिएका छौं । तर, प्रवक्ताले कुनै प्रतिक्रिया जनाएका छैनन् ।
फिफाले नै उक्त खेलमा जर्मनका रेफ्रीलाई खेलाउन दिएर सर्वियालाई बर्बाद गरेको हो । रेफ्रीको निर्णय भेदभावपूर्ण थियो । स्विट्जरल्यान्डका आधा जनसंख्या जर्मनका नागरिक छन् । अनि जर्मन रेफ्रीलाई खेल खेलाउन दिएर हुन्छ ? भीएआर सिस्टमसमेत रेफ्रीले मनोमानी ढंगले प्रयोग गरेका छन् ।
–स्लाविसा कोकेजा,
सर्विया फुटबल संघका अध्यक्ष ।
प्रतिक्रिया दिनुहोस !