पहिरोलेअवरुद्ध बाटो एकतर्फी खुल्यो
![पहिरोलेअवरुद्ध बाटो एकतर्फी खुल्यो](https://annapurnapost.prixacdn.net/media/albums/mugling-sadak_20180625031358_NbD7kaWkek.jpg)
भरतपुर : पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ । गएराति परेको वर्षाको कारण सोमबार राति साढे दुई बजे अवरुद्ध भएको हो । ईच्छाकामना गाँउपालिका ६ स्थित कालीखोला, चारकिलो र जलविरेमा पहिरो गएको हो ।
पहिरोको कारण सवारी जाम भएपछि आज विहान सात बजेबाट हटाएर एकतर्फी संचालन गरिएको छ । डोजरको माध्यमबाट पहिरो हटाएर दुई तर्फी सञ्चालन गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बाटोको स्तर सुधार भएपनि वर्षा हुने बित्तिकै पहिरो जाने गर्छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)