राजविराजमा आँप महोत्सव, करिब साढे चार लाखको कारोबार

राजविराजमा आँप महोत्सव, करिब साढे चार लाखको कारोबार

राजविराज : कञ्चनरुप नगरपालिकामा सम्पन्न प्रथम आँप महोत्सवले साढे चार लाख रुपियाँको कारोबार गरेको छ।आँप महोत्सव २०७५ मूल समारोह समितिका संयोजक एवं वडा नम्बर १२ का वडा अध्यक्ष देवीबहादुर खत्रीले सो कुराको जानकारी  गराएका हुन्।

दुई दिने आँप महोत्सवमा २२ वटा स्टल राखिएको जानकारी दिँदै खत्रीले पाँच हजार व्यक्तिले आँप महोत्सवको अवलोकन गरेको बताए।महोत्सवमा विभिन्न प्रजातिका आँपका फलहरु बिक्री हुनुका साथै आँप, लिच्ची, कटहर, अनार, अशोकको बिरुवा उल्लेख्य मात्रामा बिक्री भएको खत्रीले बताए। 

कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले महोत्सवले किसानलाई उत्साहित बनाएको बताए। किसानको हितमा नगरपालिकाले काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै नगर प्रमुख मिश्रले व्यावसायिक खेती र व्यावसाय सञ्चालन गर्न नगरपालिकाले सदैव हौसला प्रदान गर्ने बताए।

फलफूलको राजा मानिने आँपको राजधानी सप्तरीमा गत वर्षभन्दा दोब्बर आँप फले पछि आँपको मूल्य १० देखि ३० रुपियाँ किलो भएको छ। 'हाम्रो आर्थिक समृद्धिको आधार,व्यावसायिक आँप उत्पादन तथा व्यापार' नाराका साथ म‌ंगलबार महोत्सवको उद्घाटन- २ नम्बर प्रदेश सभाका प्रमुख सत्यनारायण मण्डलले गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.