अन्तिम खेलमा मोहम्मद सलाहको गोल, तीनै खेल हार्दै घर फर्क्यो इजिप्ट
काठमाडौँः स्टार फुटबलर मोहम्मद सलाले गोल गरेको खेलमा इजिप्टले हार भोगेको छ । समूह ए को अन्तिम खेलमा इजिप्टलाई साउदी अरेबियाले २–१ ले पराजित गरेको हो ।
खेलको २२ औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै अग्रता दिलाएको खेलमा साउदी अरबले ३९ औँ मिनेटमा पाएको पेनाल्टी खेर फालेको थियो । उसका लागि फहद मुल्लादले हानेको पेनाल्टी गोल भएन ।
त्यसपछि साउदी अरेबियाले खेलको ५१ औा मिनेटमा सलमान फरजको गोलमा खेललाई बराबरीमा ल्यायो । प्रतिष्ठठाको लडाइँका रुपमा रहेको यो खेलमा अन्ततः साउदी अरेबियाले नै बाजी मारेको छ।
खेलको निर्धारित समय सकिएपछि अतिरिक्त समयको अन्तिम अर्थात् पाँचौ मिनेटमा सलेम अल द्ववासरीले अब्दुल्लाह ओटेफको गोलमा सान्तवना जित निकालेको थिो ।
यो जितपछि साउदी अरबले ३ अंक जोड्न सफल हुँदै घर फर्किँदैछ भने इजिप्ट अंक नै नजोडिइ घर फर्कियो ।
प्रतिक्रिया दिनुहोस !