पर्यटकीय गन्तव्य बन्यो मुसीकोट डाँडा

पर्यटकीय गन्तव्य बन्यो मुसीकोट डाँडा

 मुसीकोट : रुकुम (पश्चिम)को मुसीकोट नगरपालिकामा रहेको मुसीकोट डाँडा अवलोकन गर्न आएका पर्यटकबाट गत आठ महिनामा एक लाखभन्दा बढी आम्दानी भएको छ। पछिल्लो समय जिल्ला सदरमुकाम नजिककको पर्यटकीयस्थलका रूपमा स्थापित हुँदै गएको मुसीकोट डाँडाले गत वर्षको असोजदेखि जेठ पहिलो सातासम्म यो आम्दानी गरेको गरेको हो। सबैका लागि घुमघाम गन्तव्यका रूपमा समेत योस्थल विकास हुँदै गएको छ।

मुसीकोट डाँडाको संरक्षण पश्चात गत वर्षको असोजदेखि अहिलेसम्म जम्मा तीन हजार जनाले मुसीकोट डाँडाको अवलोकन गरेको मुसीकोट डाँडाका चौकीदार तिलकबहादुर मल्लले जानकारी दिए। आठ महिनायता मुसीकोट डाँडा प्रवेशका लागि टिकटको व्यवस्था गरिएको छ। त्यसपछि हालसम्म हजारौंले अवलोकन गरेको उनको भनाइ छ। प्रवेशका लागि विद्यार्थीलाई १० र अन्यलाई २० रुपैयाँको शुल्क तोकिएको छ। मुसीकोट डाँडा अवलोकनका लागि रुकुम (पश्चिम) र (पूर्व) सहित छिमेकी जिल्ला सल्यान, जाजरकोट, रोल्पा, दाङ, बाँके, काठमाडौंलगायत जिल्लाबाट समेत पर्यटक आउने गरेका छन्। काम विशेषले रुकुम पुग्ने पनि मुसीकोट डाँडा नपुगी नफर्किने गरेको चौकिदार मल्लले बताए। ‘टाढाबाट पनि घुम्न आउने गरेका छन् र नजिकैबाट पनि धेरै जना नियमित आउने गरेका छन्’, उनले भने, ‘सबैले यहाँको व्यवस्थापन देखेर पनि खुसी हुन्छन् र यहाँको बारेमा पनि जिज्ञासा राख्छन्। खुसी लाग्छ।’

आठ महिनायता मुसीकोट डाँडा प्रवेशका लागि टिकटको व्यवस्था गरिएको छ। त्यसपछि हालसम्म हजारौंले अवलोकन गरेको उनको भनाइ छ।

एक वर्ष अगाडिसम्म यस ठाउँमा पुग्ने मान्छे सीमित थिए। पछिल्लो पल्ट मुसीकोट दरबार उद्यानको नाम दिएर जिल्ला वन कार्यालयको सहयोगमा संरक्षण थालिएपछि हाल मुसीकोट डाँडाको रूप फेरिएको छ भने यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्दै गइरहेको छ। मुसीकोट डाँडामा सार्वजनिक बिदा तथा शनिबारका दिन ६० जनाभन्दा बढी र अन्य दिनमा सरदरमा १० जना घुमघामका लागि पुग्ने गरेका छन्। अवलोकनका लागि आउँनेको संख्यामा वृद्धि हुन थालेपछि यहाँको आम्दानी बढेको हो। उक्त आम्दानीलाई मुसीकोट डाँडाको संरक्षणका लागि खर्च गर्ने गरिएको मुसीकोट दरबार उद्यान संरक्षण समितिले जनाएको छ। सुन्दर कलामा कुँदिएको मुसीको सालिक, बदेल, नाग, आमा र बच्चालगायतका मुर्ति यहाँका आकर्षण हुन्।

साबिक रुकुम जिल्ला र हालको रुकुम पश्चिमको सदरमुकामका रूपमा रहेको मुसीकोटको नामाकरण नै यही डाँडाबाट गरिएको हो। धेरै वर्ष पहिले राजाकी विश्वास पात्र मुसी नामकी महिलाले रोजेको डाँडा अर्थात् कोटलाई नै मुसीकोट भनिएको र पछि यहाँ राजाले दरबार नै बनाएर बसेको पाइन्छ। पछि उक्त दरबार लोप भएर गएको थियो। तत्कालीन युद्धताका भने नेपाली सेनाले यो स्थाललाई प्रयोग गर्दै आएको थियो। तर, देश शान्ती प्रक्रियामा आएसँगै यस स्थाललाई नेपाली सेनाकै पहलमा तत्कालीन जिल्ला विकास समिति रुकुम र सरोकारवालाले पर्यटकीय स्थालका रूपमा विकास गरेका थिए। अहिले यसको थप विकास गरी संरक्षण थालिएपछि यो स्थाल सबैका लागि घुमघामको गन्तव्य बन्दै गएको छ। डाडाँ वरिपरि रोपिएका विभिन्न प्रजातिका विरुवा र फूलले यहाँ मनोरमता थपेको छ। सदरमुकाम खलंगा बजार, सेरिगाउँ, मध्यपहाडी लोक मार्गको रुकुम खण्ड र सानोभेरी तथा अन्य भौगोलिक अवस्थितिको अवलोकन गर्न पाइने भएकाले पनि यहाँ घुम्न आउनेको संख्यामा वृिद्ध भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.