दाउमा मेसीको साख, नाइजेरियाविरुद्ध भाग्य जाँच्दै अर्जेन्टिना

दाउमा मेसीको साख, नाइजेरियाविरुद्ध भाग्य जाँच्दै अर्जेन्टिना

काठमाडौँ: आइसल्यान्डसँगको बराबरी र क्रोएसियाको हातबाट लज्जास्पद हारपछि अर्जेन्टिना मंगलबार राति नाइजेरियाविरुद्ध स्पष्ट जितका लागि मैदानमा उत्रिँदैछ । आफ्ना स्टार खेलाडी लियोनेल मेसीको विश्व कप २०१८ मा आफ्नो आशा कायमै राख्ने हो भने नाइजेरियाविरुद्ध नेपाली समय अनुसार आज राति पौने १२ मा हुने खेल हरहालमा जित्नै पर्नेछ । 

अर्जेन्टिना र मेस्सीले विश्व भरमा फैलिएका आफ्ना करोडौँ दर्शकलाई अहिलेसम्म निराश बनाएका छन् । यस्तोमा आफ्नो प्रतिष्ठा बचाउनका लागि अर्जेन्टिनासँग यो गतिलो अवसर हुनेछ । 

यतिले मात्रै पुग्दैन, अर्कातिर यही समूहको अन्तिम खेलमा आइसल्यान्डलाई क्रोएसियाले हराओस भन्ने कामना पनि अर्जेन्टिनाले गर्नुपर्नेछ । यस्तोमा यदि आइसल्यान्डले उलटफेर गरेमा पनि अर्जेन्टिनासँग गोल अन्तरले अघि बढ्ने अवसर छ तर यसका लागि उसले नाइजेरियालाई फराकिलो अन्तरले हराउनुपर्ने छ ।

सन् २०१४ को उपविजेता अर्जेन्टिना यो स्थितिमा पुग्नुमा आफैँ दोषी रहेको छ। प्रशिक्षक जर्ज साम्पाओलीको निर्णय पनि हैरान बनाउने किसिमको छ । उसको रक्षापंक्तिले लाचार प्रदर्शन गर्यो भने  मध्यपंक्तिले पनि निराश बनाउन कुनै कसर छाडेन । 

यहाँसम्म कि मेसी पनि समर्थकलाई निराश बनाउन पछि परेनन् । उनले आइसल्यान्डविरुद्ध पेनाल्टी समेत गोलमा परिणत गर्न सकेनन् जसको पीडा अर्जेन्टिनाले अहिलेसम्म पनि गरिरहेको छ। 

अर्जेन्टिनाको नाममा अहिलेसम्म २ खेलबाट केबल १ अंक मात्रै छ। यदि नाइजेरियासँगग बराबरी या हार भोग्यो भने अर्जेन्टिना विश्वकपबाट बाहिरिनेछ । 

फेरि पनि अर्जेन्टिनाको आशा मेसीमाथि टिकेको छ जसको ह्याट्रिक मद्दतले टिम अन्तिम समयमा विश्वकपमा छनोट भएको थियो । मेसीले कमाल गर्नका लागि टिमले एक भएर खेल्न जरुरी छ, यसबीचमा टिमका प्रशिक्षक र खेलाडीबीच विवाद सार्वजनिक भएकाले पनि अर्जेन्टिनाले आज टिम गेम खेल्ने बाहेक अर्को विकल्प छैन । 

आइतवार आफ्नो ३१ औँ जन्मदिन मनाएका मेसीसँऊ अर्जेन्टिनाको तर्फबाट कुनै पनि ठुलो उपाधि जितेको रेकर्ड छैन । अहिलेसम्म उनले रुसमा गोल पनि गर्न सकेका छैनन् । विश्वकपमा छनोटका लागि भएको अन्तिम खेलमा उनले इक्वेडरविरुद्ध गरेको ह्याट्रिकले पनि पुष्टि गर्छ । 

यसअघि नाइजेरियाविरुद्धको मैत्रीपूर्ण खेलको कुरा गर्ने हो भने सर्जियो एगुएरो, गोन्जालो हिगुइन र पाउलो डायबाला जस्ता खेलाडीले केही गर्न सकेनन् । त्यतिबेला अर्जेन्टिना ४-२ ले पराजित भएको थियो । 

नाइजेरियाको टिम मैत्रीपूर्ण खेलमा निकालेको जितबाट प्रेरणा लिएर मैदानमा उत्रनेछ । उसका खेलाडीले विश्वकपमा पनि प्रभा छाड्न सफल भएका छन् । अहमेत मुसाले दुई गोल गरेपछि नाइजेरियाले आइसल्यान्डलाई पराजित गरेको थियो । 

विशेषगरी आइसल्यान्डविरुद्धको दोस्रो खेलमा उसले गरेको प्रदर्शनलाई कायमै राख्य भने अर्जेन्टिनाविरुद्ध नतिजा आफ्नो पक्षमा पार्न सफल हुनेछ । दक्षिण अमेरिकी टिमका लागि नाइजेरियालाई हराउन सजिलो छैन, निक्कै दबाबमा रहेको अर्जेन्टिनाले यदि जित निकाल्यो भने अन्तिम १६ को ढोका खुल्नेछ । 


नाइजेरियाले अहिलेसम्म तीनै स्थानबाट राम्रो प्रदर्शन गरेको छ। भिक्टर मोसेस र अहमेद मुसाले प्रतिद्वन्द्वी टिमको रक्षापंक्तिमा गोल दाग्न कुनै कसर बाँकी राखेका छैनन् । 

यस्तोमा यदि अर्जेन्टिनाका गोलरक्षकले क्रोएसियाविरुद्ध जस्तै प्रदर्शन गरे भने नाइजेरियाका लागि यो एकदमै सहज हुनेछ । नाइजेरियाको गोलरक्षक पनि बलिया छन् । यस्तोमा संघर्ष गरिरहेको अर्जेन्टिनाका लागि गोल निकाल्न सजिलो हुने छैन । अर्कातिर नाइजेरिया काउन्टर एट्याकमा पनि माहिर छ । 

नाइजेरियाले अघिल्लो खेलमा आइसल्यान्डलाई २-० ले हराएको थियो । यदि उसले अर्जेन्टिनालाई हरायो भने नकआउट चरणमा लगभग स्थान तय हुनेछ । 

यी दुई टिमको विगत हेर्ने हो भने अहिलेसम्मका चारै खेलमा अर्जेन्टिनाले बाजी मारेको छ। उसले पछिल्लो विश्व कपमा नाइजेरियालाई ३-२ ले हराएको थियो । त्यो खेलमा मेसीले २ गोल गरेका थिए । तर यो खेल अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाइसकेपछि खेलिएको थियो । अहिले अवस्था फरक छ, संकटको अवस्थामा विश्वभरका फुटबल फ्यानको नजर अहिले मेसीमा अडिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.