बसले भ्यान र मोटरसाइकललाई ठक्‍कर दिँदा एकको मृत्यु, आठ घाइते

बसले भ्यान र मोटरसाइकललाई ठक्‍कर दिँदा एकको मृत्यु, आठ घाइते

दमौली : आँबुखैरेनी गाउँपालिका-२ बरादीमा यात्रुवाहक बसले दुई सवारी साधनलाई ठक्‍कर दिँदा एकजनाको मृत्यु भएको छ भने आठ घाइते भएका छन्। आँबु-४ निवासी २६ वर्षीय डिलबहादुर थापाको उपचारका क्रममा दमौली अस्पतालमा ज्यान गएको प्रहरी जनाएको छ। 

घटनामा परी आठ घाइते भएका छन्। घाइतेमध्ये दुई बेहोस छन्।पृथ्वीराजमार्गमा भएको दुर्घटनामा आँबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग १ ख ३०७३ नम्बरको बसले डुम्रेबाट आँबुखैरेनी जाँदै गरेका बा १७ च १८१४ नम्बरको भ्यान र ग ५ प १९४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका निरीक्षक सन्तोष रोकाले बताए। 

दुर्घटनामा परी घाइते हुने सबै भ्यान र मोटरसाइकलका यात्रु हुन्। घाइते हुनेमा पर्वतकी २० वर्षीया पार्वती लामिछाने र उनकी तीन वर्षीया छोरी ममता, चितवन भरतपुर ६ निवासी २० वर्षीया सरु पठक, पर्वत कुश्मा १३ निवासी २४ वर्षीय गुरुदत्त तिवारी तथा पर्वत कुश्मा ९ का २५ वर्षीय कमल लामिछाने छन्। 

यसैगरी पर्वत खुर्कोटकी ३९ वर्षीया सीतादेवी चालिसे र नवलपरासी सुस्ताका ३५ वर्षीय आनन्त तिवारी पनि घटनामा घाइते भएका छन्।अर्का एक घाइतेको परिचय खुलेको छैन।घाइतेमध्ये पर्वतकी तीन वर्षीया ममता र पर्वत कुश्माका कमल बेहोस छन्।

थापाको दमौली र बाँकी दुईको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ। एकै पटक तीन सवारी ठोकिंदा केहीबेर राजमार्ग अवरुद्ध भएको थियो। अवरुद्ध राजमार्ग प्रहरीले खुलाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.