बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु

बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु

दमौली : आँबुखैरेनी गाउँपालिका १ बरादीमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । 

आँबु ४ निवासी २६ वर्षका डिलबहादुर थापाको उपचारका क्रममा दमौली अस्पतालमा ज्यान गएको हो भने कुश्मा ९ निवासी तीन वर्षकी ममता लामिछानेको चरक अस्पताल पोखरामा र नाम ठेगाना नुखलेका २८ वर्षका एक पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रमुख कृष्णबहादुर क्षेत्रीले जानकारी दिए।

दुर्घटनामा पाँच घाइते भएका छन् ।  घाइतेमध्ये दुई अचेत छन् । पृथ्वी राजमार्गमा भएको दुर्घटनामा आँबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग १ ख ३०७३ नम्बरको बसले डुम्रेबाट आँबुखैरेनी जाँदै गरेका बा १७ च १८१४ नम्बरको भ्यान र ग ५ प १९४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका निरीक्षक सन्तोष रोकाले जानकारी दिए ।

दुर्घटनामा परी घाइते हुने सबै भ्यान र मोटरसाइकलका यात्रु छन् । घाइते हुनेमा  ममताकी आमा २० वर्षीया पार्वती लामिछाने, चितवन भरतपुर ६ निवासी २० वर्षीय सरु पाठक, पर्वत कुश्मा १३ निवासी २४ वर्षका गुरुदत्त तिवारी तथा पर्वत कुश्मा ९ का २५ वर्षका कमल लामिछाने छन् । यसैगरी पर्वत खुर्कोटकी ३९ वर्षीया सीतादेवी चालिसे र नवलपरासी सुस्ताका ३५ वर्षका आनन्त तिवारी घाइते छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.