लागुआैषध दुर्व्यसनमा सडक बालबालिका

लागुआैषध दुर्व्यसनमा सडक बालबालिका

सुर्खेत : वीरेन्द्रनगरमा रहेका सडक बालबालिकालाई लागुऔषधको दुर्व्यसनबाट जोगाउन चुनौतीपूर्ण भएको छ। सडकबाट पुनस्र्थापनाका लागि सुधार गृहमा राखिएका बालबालिकाहरु पुनः सडकमै फर्किएका छन्। केही महिनासम्म सुधार गृहमा राखिएका उनीहरु पुनः लागूऔषधको दुर्व्यसनमा फसेका हुन्।

पारिवारिक विचलनका कारण वीरेन्द्रनगरका सडकपेटीमा बस्दै आएका बालबालिकाहरु लागुऔषधको दुर्व्यसनमा फसेपछि उनीहरुलाई पुनस्र्थापना गर्न कठिनाइ उत्पन्न भएको हो। वीरेन्द्रनगरका सडकमा नै रात काट्दै आएका ति बालबालिकाहरुलाई गत मंसिरमा सुधार गृहमा राखिएको थियो। दुर्व्यसनको लतबाट मुक्त गर्दै पुनस्र्थापनाका लागि सुधार गृहमा राखिएको भए पनि बालबालिकाहरु त्यहाँबाट भागेर प्ुनः लागुऔषधको प्रयोग गर्न थालेका छन्।

करिव ६ महिनासम्म सुधार गृहमा उपचारपछि गत वैशाखमा घर फर्काइएका ति बालबालिकामा कुनै सुधार देखिएको छैन। लागूऔषधविरुद्ध काम गर्दै आएको वीरेन्द्रनगरमास्थित भैरव युवा शसक्तिकरण केन्द्रले सुधार गृहमा राखेर उपचार गराए पनि पूनस्र्थापना गर्न नसकिएको हो। सुधार केन्द्रमा राखिएका १७ जना बालबालिकामध्ये तीन जना पूनः लागुऔषधको प्रयोग गर्न थालिसकेका छन्। लागुऔषधको कारोबारसँगै सडक बालबालिकामा यसको प्रयोग बढेको र उनीहरुले अन्य बालकालिकालाईसमेत समूह बनाएर दुर्व्यसन फसाउन थालेको भैरव युवा शसक्तिकरण केन्द्रले जनाएको छ।

सडक बालबालिका लागि उपयुक्त पुनस्र्थापना केन्द्र नहुँदा उनीहरु सडकमै फिर्ता हुने गरेका छन्। दौंतरीको दवाव र रमाइलोको लागि बालबालिकादेखि युवायुवतीसमेत लागूऔषधको सेवन गर्दै आएका छन्। सडक बालबालिकासँगै पछिल्लो समय सुर्खेतमा बालिकाहरुसमेत लागूऔषधको कुलतमा फसेको लागुऔषधविरुद्ध काम गरिरहेका संस्थाहरुको दावी छ। सडक बालबालिकाले लागूऔषधका रुपमा सडकमा भेटिने जुत्ताको ‘सोलुसन’ सुँघ्ने गरेका छन् भने युवायुवतीले ब्राउनसुगर, हिरोइन र गाँजालगायत कडा लागूऔषधका प्रयोग गर्ने गरेका छन्। भैरव युवा शसक्तिकरण केन्द्रका अध्यक्ष ललित भट्टराईले स्थानीय सरकारले सडक बालबालिकाको पूनस्र्थापना र लागूऔषधविरुद्धका गतिविधिमा सहयोग नगरेको गुनासो गरे।

‘गैरसरकारी संस्थाको सहयोगमा सडक बालबालिकालाई सुधार गृहमा राखेर उपचार गरेका थियौं’ उनले भने, ‘दिर्घकालिन समस्या समाधानका लागि स्थानीय सरकार र महिला तथा बालबालिका कार्यालय नै जवाफदेही देखिएनन्। बालबालिका पुनः सडकमै फर्किए।’ लागूऔषध कारोवारोसँगै प्रयोगकर्ताहरु पनि दैनिक बढ्दै गएपछि पूनस्र्थापनामा चुनौती देखिएको उनको भनाइ छ। उनले सडक बालबालिकाहरुको पुनस्र्थापना नभएसम्म लागूऔषधको प्रयोग न्यूनिकरणमा चुनौती देखिएको बताए। आर्थिक अभावका कारण केन्द्रमा राखिएका सडक बालबालिकाहरुको पूर्णरुपमा उपचार नहुँदै पूनः सडकमा आएका हुन्।

४६ जनाविरुद्ध मुद्दा

यसैबीच चालु आर्थिक वर्षमा मात्रै ४६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयले लागूऔषधको कारोवार, प्रयोग र ओसारपसारको मुद्दा चलाएको छ। विभिन्न समयमा प्रहरीले उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो। जसअन्तर्गत दुईजना महिनालाई पनि पुर्पक्षका लागि थुनामा राखिएको छ। प्रहरीले पछिल्लो समय सुर्खेत लागूऔषध ओसारपसार र प्रयोगको केन्द्र बन्दै गएको जनाएको छ।

विद्यालय उमेरका बालबालिका र सडक बालबालिका यसको दुर्व्यसनमा बढी फसेको प्रहरीको तथ्याकं छ। हाल सुर्खेतमा ६ सय ५० भन्दा बढी लागूऔषधका प्रयोगकर्ता रहेको प्रहरीको अनुमान छ। भैरव युवा शसक्तिकरण केन्द्रका केन्द्रका अध्यक्ष भट्टराईले एक जना प्रयोगकर्ताले अरु दश जनालाई सिकाउने भएकाले पनि लागुऔषधको प्रयोग न्यूनीकरण चुनौतीपूर्ण बनेको बताए।

पुनस्र्थापना केन्द्र स्थापना गरिने

विद्यालय उमेरका र सडक बालबालिकाहरु लागूऔषधको दुर्व्यसनमा फस्न थालेपछि प्रदेश सरकारले सुर्खेतमा पुनस्र्थापना केन्द्र स्थापना गर्ने भएको छ। कर्णालीमा हालसम्म पुनस्र्थापना केन्द्र नहुँदा जटिलता उत्पन्न भएको भन्दै प्रदेश सरकारले तत्काल प्रदेशस्तरीय पुनस्र्थापना केन्द्र स्थापनाको तयारी थालेको हो।

       प्रदेश सरकारले आगामी आर्थिक वर्षमा नै प्रदेशस्तरको पुनस्र्थापना केन्द्र निर्माणको काम सुरु हुने जनाएको छ। पुनस्र्थापना केन्द्र निर्माणका लागि आवश्यक बजेटसमेत विनियोजन गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए।

युवापुस्ता दुर्व्यसनको कुलतमा फस्नु दुखद भन्दै मुख्यमन्त्री शाहीले युवालाई लक्षित गरेर कर्णालीमा १० वटा युवा तालिम केन्द्रसमेत स्थापना गरिने बताए। यस्तै आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णालीलाई लागूऔषध निशेधित प्रदेश बनाउनका लागि प्रदेश सरकारले आवश्यक कदम चाल्ने बताए। लागूऔषधमा फसेका युवाहरुलाई पुनस्र्थापना केन्द्रमार्फत समाजको समृद्धिका लागि परिचालन गरिने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.