पाँच महिनादेखि तलब नपाएपछि स्वास्थ्यकर्मी आन्दोलित

पाँच महिनादेखि तलब नपाएपछि स्वास्थ्यकर्मी आन्दोलित

जाजरकोट : पाँच महिनादेखि तलब नपाएको भन्दै जिल्ला अस्पताल जाजरकोटका स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।हरेक महिना तलब भत्ता बुझ्दै आएका स्वास्थ्यकर्मीले लामो समयदेखि तलब खान नपाउँदा आन्दोलनमा उत्रिएको बताएका छन्। 

बुधबार कालो पट्टी बाँधेर काम गरेका स्वास्थ्यकर्मीले बिहीबार मध्यान्ह १२ बजेसम्म आकस्मिक बाहेकका सबै सेवा बन्द गरी विरोधमा उत्रिएका हुन्।समयमा निकासा नहुँदा जाजरकोट अस्पताल र भेरीनगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब भत्ता पाउन नसकेका बताइएको छ।

यस अघि हरेक महिना तलबभत्ता बुझ्दै आएका स्वास्थ्यकर्मी स्वास्थ्य संस्था स्थानीय तह मातहतमा गएपछि समयमा तलब खान नपाएको गुनासो गरेका छन्।

भेरी नगरपालिलका मातहतका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीले गत फागुनदेखि तलब भत्ता खान नपाएको गुनासो गरेका छन्।शुक्रबारसम्म तलब निकासा नगरिए सबै सेवा ठप्प पारिने जाजरकोट अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले बताए ।

जिल्ला अस्पतालमा कार्यरत ५७ स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी र नगरपालिकामा कार्यरत ३४ जना स्वास्थ्यकर्मीले समयमा तलब भत्ता पाउन सकेका छैनन्। गत फागुनदेखि तलब खान नपाउँदा घरखर्च चलाउन समस्या भएको जिल्ला अस्पतालमा कार्यरत सिनियर अनमी नारायणी शाहले बताइन् । मन्त्रालयबाटै निकासा नभएको भन्दै नगरपालिकाले रकम नदिएपछि तलब खान समस्या भएको हो।

रात दिन नभनी चौबिसै घण्टा बिरामीको सेवामा खटिनुपर्ने स्वास्थ्यकर्मीलाई समयमा तलब नदिएर अन्याय गरेको उनको भनाई छ। भेरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र शर्माले दिनहुँ विरामीको सेवा गर्ने स्वास्थ्यकर्मीले लामो समयदेखि तलब नपाउँदा निराश भएको बताए।

उनले स्थानीय तहमा गएपछि सेवासुविधा सहज होला सोचेका स्वास्थ्यकर्मीलाई तलब नपाउँदा घरखर्च टार्न समेत समस्या भएको बताए।भेरीनगरपालिकाका लेखापाल डम्बर विष्टले रकम निकासा नभएकाले स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकिएको बताए।

यसअघि निकासा भएको तलब सकिएको र फेरी निकासाका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत स्वास्थ्य सेवा विभागमा जानकारी गराएको भएपनि हालसम्म निकासा भएको छैन, उनले भने, 'निकासा हुने वित्तिकै नगरपालिकाले तलब रोक्दैन।'

अर्थ मन्त्रालयले स्वास्थ्यको बजेट एकमुष्ट मन्त्रालयलाई पठाएको तर स्वास्थ्य मन्त्रालयले उक्त रकम स्वास्थ्यकै अन्य कार्यक्रममा खर्च गरेपछि थप रकम निकासा हुन नसकेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.