१७ दिनमा रोकिए १२ बालविवाह

१७ दिनमा रोकिए १२ बालविवाह

 मुसीकोट : रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका विभिन्न ठाउँमा गरी बितेका १७ दिनमा १२ वटा बाल विवाह रोकिएका छन् । बाल क्लव, वडा बाल सञ्जाल, वडा बाल संरक्षण समिति, नगर बाल सञ्जाल, नगर बाल अधिकार संरक्षण तथा सम्बद्र्धन समिति र प्रहरीको सक्रियतामा उमेरै नपुगी गरिएका र गर्न खोजिएका विवाह रोकिएको हो ।

गत जेठ २६ गते १६ वर्षीया बालिका र १८ वर्षको बालकको बिहे हुनबाट प्रहरीले रोक्यो । चौरजहारी नगरपालिका–१४ का दुवै जनाले उमेर नपुग्दै बिहे गरेको खबर बाल क्लले गरेपछि प्रहरी चौकीले दुवैजनालाई सम्झाई बुझाई आ–आफ्ना अभिभावकलाई जिम्मा लाएको थियो । त्यसयता ५ वटा वडामा भएका तथा हुने तयारीमा रहेका १० वटा बाल विवाह प्रहरीले रोकिसकेको छ । बुधबार नगर बाल सञ्जालको सक्रियतामा चौरजहारी नगरपालिका–५, मा हुन लागेको बिहे रोकेको छ । कानूनी रूपमा पनि अबैधानिक हुने र सानै उमेरमा बाल विवाह गर्दा चौतफी विकास बन्द हुने भन्दै बालबालिका आफैले बाल विवाह रोक्ने अभियान चलाइरहेका छन् । बुधबार बिहेको अन्तिम तयारीमा रहेका १७ वर्षीया बालिका र १८ वर्षको केटाको बिहे रोकिएको नगर बाल सञ्जालका अध्यक्ष जनक आचार्यले बताए । कतिपय अवस्थामा अभिभावक र कतिपय अवस्थामा बालबालिका आफैले बिहे गर्ने गरेका छन्, हामी सकेसम्म बाल विवाह अन्त्य गर्ने अभियानमा छौं, आचार्यले भने ।

यसैगरी चौरजहारी–१०, का १८ वर्षीय बालक र १४ की १७ वर्षीया बालिकाबीच भएको बिहे पनि प्रहरी चौकी नुवाकोटले रोक्यो । चौरजहारी–१३, की १५ वर्षीया बालिका र १७ वर्षीय बालक, चौरजहारी नगरपालिका–१०, १७ वर्ष उमेरका बालक तथा बालिका, चौरजहारी नगरपालिका–१४, की १६ वर्षीया बालिका र १८ वर्षीय बालकको बिहे रोकिएको छ ।

यसैगरी चौरजहारी नगरपालिका–१४, कि १६ वर्षीया बालिका र १८ बर्षको बालकबीच हुन लागेको बिहे बालबालिका र अभिभावकलाई सम्झाई बुझाई रोकिएको छ । सोही वडाको १७ वर्षीया बालिका तथा १७ वर्षकै बालकबीचको बिहे, चौरजहारी–१४ कै १८ वर्षीय बालक र सानीभेरी गाउँपालिका–२, १७ वर्षीया बालिकाबीचको बिहे, चौरजहारी नगरपालिका–१३, का १७ वर्षीय बालक र सल्यान दार्मा गाउँपालिकाकी १८ वर्षीया बालिकाबीचको बिहे रोकियो ।

यस्तै गरी चौरजहारी नगरपालिका–१४ का १७ वर्षीय बालक र सानीभेरी गाउँपालिका–८, की १९ वर्षीया बालिकाबीच र त्रिवेणि गाउँपालिका–९, १९ वर्षको बालक र १९ वर्षीया बालकबीचको बिहे रोकिएको हो ।

बालबालिकाको सहयोगमा बाल विवाह रोक्ने अभियान चलिरहेको प्रहरी चौकी नुवाकोटका इन्चार्ज प्रहरी सहायक निरीक्षक छविलाल खत्रीले बताए । ‘२० वर्ष मुनिका विवाहरू सबै कानून विपरीतका हुन्’ प्रसनी खत्रीले भने, ‘बालबालिका, स्थानीय, जनप्रतिनिधि लगायतको सहयोगमा हामीले बाल विवाह रोक्ने अभियान चलाइरहेका छौं ।’

रुकुमेली समाज विकास केन्द्रको एकीकृत परियोजना अन्तर्गत चौरजहारी नगरपालिकाका ५ वडामा बाल क्लव, वडा बाल सञ्जाल र वडा बाल संरक्षण समिति गठन गरिएको छ । बाल क्लव बाल सञ्जाल र संरक्षण समितिका सदस्यहरूलाई दिइएको तालिमले बाल विवाह रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको रुकुमेली समाज विकास केन्द्रका बाल संरक्षण अधिकृत रामप्रसाद केसीले बताए ।

‘बाल विवाह कानूनी अपराध त हुदै हो, यसको साथै कमै उमेरमा हुने विवाहले उनीहरूको शारीरिक र मानसिक रूपमा पर्ने असरको बारेमा प्रष्ट पारेपछि बाल विवाह रोक्ने अभियान तीब्र बनेको छ’ अधिकृत केसीले भने । बाल क्लव, सञ्जाल र संरक्षण समितिमा आवद्धहरू पछिल्लो समय सशक्तिकरण हुँदै गएको उनले बताए ।

चौरजहारी नगरपालिकाकी उपप्रमुख तथा नगर बाल अधिकार संरक्षण तथा सम्बद्र्धन समितिको संयोजक राधा रोकाले बाल विवाह न्युनीकरणका लागि केही वडा कार्यालयबाट घरघरमा चिठी पठाइसकेको बताइन् । उनले बाल विवाह रोक्ने र चार वर्षभित्रै बाल विवाहमुक्त नगर निर्माणको लागि आवश्यक कार्य भैरहेको बताइन् । ‘हामीले नगरबाट बनाउनुपर्ने नीतिगत तथा व्यवहारिक रूपमा गर्नुपर्ने निर्णय गरिसकेका छौं, त्यसको कार्यान्वनमा पनि हामी गैरहेका छौं, ठूलो समस्याको रूपमा रहेको बाल विवाह न्युनीकरण हुन्छ भन्ने विश्वस्त पनि छौं’, उनले भनिन् ।

बालविबाह गर्ने÷गराउने कुनै पनि क्रियाकलापमा सहभागी नहुने प्रतिबद्धतामा हस्ताक्षर गर्दै विवाह गर्ने तयारी गरेका बालबालिकाका अभिभावक ।

महेश केसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.