बाबुरामको प्रश्न : पूर्वकमरेड किन आफ्नो खाल्डो आफैँ खन्दैछन् ?

बाबुरामको प्रश्न : पूर्वकमरेड किन आफ्नो खाल्डो आफैँ खन्दैछन् ?

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले सरकारले विरोध गर्ने जनताको अधिकारविरुद्ध सरकार लागेकोप्रति कटाक्ष गरेका छन्।

पूर्वमाओवादी नेतासमेत रहेका बाबुरामले विरोध गर्ने र सत्ताविरुद्ध विद्रोह गर्ने अधिकार नै माक्र्सवाको गुदी कुरा भएको बताउँदै विरोध गर्ने ठाउँ र तरिका तोकेर सरकारले आफ्नो खाल्डो आफैं खन्न लागेको भन्दै आलोचना गरेका हुन्। 

माइतीघर मण्डला, रत्नपार्कलगायत क्षेत्रमा सभा र विरोध गर्न नदिएको भन्दै बाबुरामले सरकारको आलोचना गरेका हुन्। सामाजिक सञ्जालमा सक्रिय बाबुरामले सत्तामा पुग्ने बित्तिकै पूर्वकमरेडले यस्तो दुस्साहस गरेको टिप्पणी गरेका छन्। 

‘समाजवाद भनेको अझ उन्नत लोकतन्त्र हो। लोकतन्त्रको थप विस्तारिकरण र सवलीकरण हो। विरोध गर्ने र सत्ताविरूद्ध विद्रोह गर्ने अधिकार नै मार्क्सवादको गुदी कुरा हो’, बाबुरामले ट्विटमा लेखेका छन्, ‘हाम्रा पूर्वकमरेडले सत्तामा पुग्ने वित्तिकै विरोध गर्ने ठाउँ र तरिका तोक्ने दुस्साहस गरेर किन आफ्नो खाल्डो आफै खन्दैछन् ?’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.