धातु मिसावट गरेको आरोपमा १२ जना सुन व्यवसायी पक्राउ

धातु मिसावट गरेको आरोपमा १२ जना सुन व्यवसायी पक्राउ

गुलरिया : बर्दियामा सुनमा धातु मिसावट गरेको भन्दै १२ जना व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय बर्दिया अन्र्तगतको अनुगमन समितिले संकलन गरेको सुनको नमूना परीक्षणका क्रममा सुनमा धातु मिसावट गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

 बर्दियाका विभिन्न क्षेत्रको नमूना परिक्षण गर्दा ८ प्रतिशत सम्म अन्य धातु मिसावट भएको पाइएकाले व्यवसायीलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए । उनले भने ‘कालोबजारी तथा केही सार्वजनिक अपराध तथा सजाय ऐन २०३२ अन्र्तगत पक्राउ गरी हामीले कारवाही प्रक्रिया अघि बढाएका हौं ।’

प्रहरीले बाँसगढी नगरपालिकाबाट स्याङ्जा सुनचाँदी पसलका संचालक संगिता सुनार, पर्वत मनिषा सुनचाँदी पसलका शिवबहादुर सुनार, पोखरा सुनचाँदी पसल त्रिभुवन सुवर्णकार, सितासुन चाँदी पसलका सीता सुनार, मोडेल सुनचाँदी पसलका ईन्द्रमान सुनार, गण्डकी सुनचाँदी पसलका यमलाल विश्वकर्मालाई पक्राउ गरिएको छ । 

त्यस्तै राजापुर नगरपालिकाबाट फुलराम ज्वैलर्सका परशुराम सुनार र निमप्रकाश सुनार, लुम्बिनी सुनचाँदी पसलका भगवान शरण सोनी, दंगाली सुनचाँदी पसलका कविराम विक पक्राउ परेका छन् ।

गुलरिया नगरपालिकाबाट राप्ती लुम्बिनी सुनचाँदी पसलका भीमबहादुर सेन्चुरी, गण्डकी सुनचाँदी पसलका ईश्वरकुमार विश्वकर्मा र न्यू स्याङ्जा गण्डकी सुनचाँदी पसलका सञ्चालक विजयलक्ष्मी सुनार र सन्तोषी सुनारलाई पक्राउ गरिएको हो । बर्दियामा बजार अनुगमन कार्यलाई तिव्रता दिइएकाले भन्दै प्रजिअ कुरुम्बाङ्गले कालो बजारी, ठगी नियन्त्रण गर्दै नागरिकको हित संरक्षण गर्न प्रतिवद्ध रहेको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.