रकमसहित पक्राउ परेका जुवाडे विरुद्ध मुद्धा
नुवाकोट : नुवाकोटको दक्षिणी भेगमा रहको रातमाटेमा रकमसहित पक्राउ परेका जुवाडे विरुद्ध कारबाहीका लागि आइतबार मुद्धा दायर भएको छ। जुवा खेलिरहेको क्रममा रकमसहित पक्राउ परेका छजना विरुद्ध मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
सदरमुकाम विदुरदेखि २० किलोमिटर दक्षिणमा रहेको बेलकोटगढी नगरपालिका-७ रातामाटेस्थित तीलकबहादुर तामाङको घरमा जुवा खेलिरहेका स्थानीय कुमार राई समेतका मानिसले जुवा खेलिरहेको अवस्थामा ५६ हजार ८ सय ७० रुपैयासहित छजनालाई पक्राउ गरी जुवा ऐनअन्र्तगत मुद्धा दायर गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुंवरले जानकारी दिए।
जुवाको खालमा बाजी थापी बाजीमा १० रुपैयाँ प्वाईन्टमा म्यारिज तास खेलिरहेको गोप्य सूचनाको आधारमा छापा मार्दा घरधनी बेलकोटगढी नपा- ७ बस्ने ५१वर्षीय तीलकबहादुर तामाङ, ४० वर्षीय जंगबहादुर श्रेष्ठ, ५९ वर्षीय पुरुषोतम भण्डारी, ४६ वर्षीय कुमार राई, ४० वर्षीय शम्भुजँग कुँवर, ६९ वर्षीय रामराजा नेपाललाई पक्राउ गरी मुद्धा दायर गरिएको कुंवरले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !