बाढीले विस्थापित मुसहरलाई नयाँ घर

बाढीले विस्थापित मुसहरलाई नयाँ घर

 सौराहा : बढीले घर बगाएपछि बछौलीका सुरेन्द्र माभलीलाई परिवार राख्न पिरलो थियो। घरसहित लत्ताकपडा, भाडा सबै बगाएपछि विस्थापित भए। आर्थिक अवस्था कमजोर भएपछि घर बनाउनु उनका लागि सपना थियो। अरूले दिएको जग्गामा सानो झुप्रोमा बसेका उनीहरूलाई ओत लाग्ने ठाउँ थिएन। बसोबाससहित खाना पकाउन पनि गाह्रो भएका सुरेन्द्रले नयाँ घर पाएका छन्। त्रिपाल टाँगेर छाप्रोमा बस्दै आएका सुरेन्द्रले नयाँ पक्की घर पाएपछि दंग छन्।

 बासको टुंगो लागेपछि ज्याला-मजदुरी गरेर भए पनि परिवार पाल्ने उनले बताए। भदौमा आएको बाढीले बछौलीका माझी मुसहर समुदाय विस्थापित भएका थिए। अब कहाँ बस्ने भन्ने चिन्ता भएका बेला नयाँ घर पाउँदा सपनाजस्तै लागेको छ’, घर पाएपछि सुरेन्द्रले माझीले भने, ‘बस्ने घर पाएपछि अब मजदुरी गरेर भए पनि परिवार पाल्न सक्छु।’ बाढीका कारण विस्थापित भएका मुसहर जातिले नयाँ घर पाएका हुन्। आफूहरूलाई सरकारले वास्ता नगरेको दुखेसोसमेत गरे।

बाढी आएपछि उनीहरूले १५ दिन नजिकको विद्यालयमा आ श्रय पाए। त्यसपछि पुरानै स्थानमा फर्किए। रत्ननगर नगरपालिका-७ स्थित बछौलीका मुसहर जातिले नयाँ घर पाएका छन्। नयाँ घरसहित पानीको धारा, शौचालयको सुविधा पाउँदा उनीहरू खुसी छन्। पर्यटीकय क्षेत्र सौराहानजिक उनीहरूका लागि घर निर्माण गरिएको हो। आफ्नै पक्की घर हुँदा दंग परेका छन्। भदौमा आएको बाढीले खडाईले बारेको खरको छानो भएको घरसहित लत्ताकपडा, भाडा सबै बगाएपछि उनीहरू विस्थापित भएका थिए।

 बाढीबाट बढी प्रभावित क्षेत्रको खोजी गर्दै राहत बाँड्न पुगेको रोटरी क्लबले घर बनाउने अभियान थालेको थियो। चितवनका ५ वटा र गैंडाकोटको एक गरी ६ वटा रोटरी क्लबले घर बनाइदिएका हुन्। एउटा परिवारका लागि करिब पाँच लाख खर्च भएको छ। घर पाएकाहरू खुसी छन्। ‘घर नहुँदा खाना पकाउनै समस्या थियो’, स्थानीय विष्णु माझीले भनिन्, ‘यसरी घर पाउँछु भन्ने लागेको थिएन अब ढुक्क भयो।’

५८ लाख लगानीमा ६ वटा भवनसहितको ‘रोटरी मुसहर नमुना गाउँ’ निर्माण गरिएको छ। त्यसमा पार्क र सामुदायिक भवनसमेत निर्माण गर्न लागिएको छ। २६ परिवारलाई घर निर्माण गर्ने योजनाअनुरूप अहिले पहिलो चरणमा १२ परिवारलाई घर हस्तान्तरण गरिएको हो। शनिबार मुसहर समुदायलाई घर हस्तान्तरण गरिएको छ।

 यसपछि १४ परिवारका लागि घर निर्माण गरिने बताइएको छ। एउटा परिवारलाई तीन कोठासहित धारा र शौचालय निर्माण गरिएको छ। उक्त क्षेत्रलाई मुसहर जातिको पहिचान र संस्कृतिसहित पर्यटकीय आकर्षणको केन्द्र बनाउने योजना छ। बासको व्यवस्था गरेपछि आयआर्जनका लागि सहयोग गर्ने बताइएको छ। भवन निर्माण समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले भने, ‘बासको व्यवस्था भयो अब सीपमूलक कार्यक्रम ल्याउने योजनामा छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.