मुग्लिन-नारायणगढ सडकको एकतर्फी बाटो खुल्यो

मुग्लिन-नारायणगढ सडकको एकतर्फी बाटो खुल्यो

चितवन : पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । आइतबार रातिदेखि परेको अबिरल वर्षका कारण यस सडक खण्डका विभिन्न ठाउँमा पहिरो जाँदा सवारी आवागमनमा अवरोध भएको हो ।  

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार अहिले जलबिरे कालीखेला, तोपे खोला र चारकिलोमा पहिरो गएको र उक्त स्थानमा एकतर्फी बाटो सञ्चालन गरिएको छ । पहिरोका कारण सोमबार बिहान केहीबेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि एकतर्फी रुपमा सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ । 

अहिले पनि वर्षा भइरहेकाले पहिरो पूर्णरुपमा हटाउन समस्या भइरहेको ईलाका प्रहरी कार्यालय मुग्लिन जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.