मौसमविद् भन्छन्ः बाढी पहिरोको जोखिम अझै बढ्छ, सजग हुनुस्

मौसमविद् भन्छन्ः बाढी पहिरोको जोखिम अझै बढ्छ, सजग हुनुस्

काठमाडौँः  सोमबारदेखि जारी बर्षाका कारण सुरु भएको बाढी, पहिरो र डुवानको खतरा अझै केही दिनसम्म जारी रहने जल तथा मौसम विभागले जनाएको छ । 

मौमम पूर्वाअनुमान विभागले ७२ घण्टा भित्रको मौसम पूर्वाअनुमानमा अनुसार देशका विभिन्न भागमा भारी बर्षा हुने पनि जनाएको छ । पूर्वाअनुमान विभागको ३० वर्षको मनसुनको तुलनात्मक अध्ययनले यो बर्ष औषत बर्षा हुने भविष्यवाणी गरेको छ । औसत बर्षा हुने भए पनि बाढी, पहिरो र डुवानको जोखिम उच्च रहेकाले सर्तक गर्न पनि भनेको छ । 

बाढी पूर्वाअनुमान शाखाले पूर्वमा झापा, मोरङ, सुनसरी, सप्तरी उदयपुर, सिरहा, धनुषा, मोहतरी, रौतहट नवलपरासी, कपिललबस्तु रुपन्देही, दाङ, बाँके र कैलाली लगायतका जिल्ला भएर बहने चुरेका साना नदीहरुमा एक्कासी बाढी आउने हुँदा सर्तक रहन सोमबार विहानै सूचना जारी गरेको थियो । 

बाढीको जोखिम

विभागका अनुसार कन्काई, कोसी, कमला, बागमती, नारायणी,  राप्ती, बबई, कणााली र महाकाली सबै मुख्य नदीहरुमा बहाब बढ्दो क्रममा छ । पश्चिमा मोहना, बबई, राप्ती र आसपासका साना नदीजलधारमा भारी बर्षा भइरहेकाले सतर्क रहन आपपासका वासिन्दालाई आग्रह गरिएको छ । 

जोखिम घटेको छैन 

बाढी पूर्वाअनुमान शाखाका प्रमुख राजेन्द्र शर्माले पश्चिम नेपाल र तराईसहित राप्ती बबई लगायतका तटयी क्षेत्रमा बाढीको उच्च जोखिम रहेको बताए । ‘भारी बर्षा विस्तारै अन्यत्र सर्दैछ । तटयीय क्षेत्रका बासिन्दालाई हामीले उच्च सर्तक रहन एसएमएस पनि पठाएका का छौं’, उनले भने ।

कहाँ धेरै पानी 

मौसम पूर्वाअनुमान शाखाका मौसमविद बरुण पौड्यालले भैरहवा, नेपालगञ्ज सिमरा, दाङ  लगायतका क्षेत्रमा भारी बर्षा भइरहेको बताए । औसत १०० मिलिमिटर पानी पर्नुलाई भारी बर्षा मानिन्छ । मौसमविद् पौड्यालका अनुसार ती क्षेत्रमा सोमवार दिनभर नै भारी बर्षाको अवस्था छ । साँझबाट भने मध्य र पूर्व क्षेत्रमा भारी बर्षा हुनेछ । 

जुन ८ देखि मनसुन

यो बर्ष जुन ८ मा नेपालमा मनसुन नेपाल प्रवेश गरेको थियो । सुरुमा मनसुन निष्क्रिय भएपनि अहिले देशभर एक्कासी सक्रिय भएको छ । पूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गर्न नसक्दा मनसुन निष्क्रिय भएको थियो ।

‘नेपालको क्षेत्रमा निम्न चापीय रेखा देखिएकाले भारी बर्षा हुने खालका बादल जम्मा भएको छ’, मौसमविद् पौड्यालले अन्नपूर्णसँग भने, ‘त्यसले पनि अझै तीन दिनसम्म लगातार बर्षा हुने र त्यसपछि भने मनसुन खुल्दै जाने छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.