नदी किनारामा उच्च सतर्कता

नदी किनारामा उच्च सतर्कता

भरतपुर : अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी पस्ने खतरा देखिएको छ । नदीमा पानीको सतह बढेपछि किनारमा रहेको बस्ती जोखिममा परेको छ ।नारायणी, राप्ती, रिउ खोलामा पानीको सतह बढ्न थालेको छ । नदी किनार नजिक रहेको बस्तीमा सचेत पारिएको छ । विपद््को जोखिमयुक्त क्षेत्रलाई लक्ष्य गरेर जिल्ला प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।

गत वर्ष बाढी आएको सौराहा, माडी, जगतपुर, मेघौलीमा बाढीको त्रास देखिएको छ । जिल्लाको जोखिम प्रभावित क्षेत्रलाई तीन भागमा विभाजन गरेर उद्धार टोलीसमेत तयार गरिएको छ । पूर्वीचितवनको राप्ती–लोथर खोला, पश्चिम चितवनको नारायणी नदी किनार र माडीको सम्भावित खतरा मानिएको स्थानमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । जिल्ला प्रशासनमा छलफल गरेर उच्च सतर्कतासहित टोली बनाई जिम्मेवारी तोकिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली बनाइएको छ । स्थानीयस्तरमा विपद् व्यवस्थापन उद्धार टोली तयार गर्नसमेत निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । ‘हामीले तत्कालै काम गर्न सक्ने गरी समुदायस्तरको उद्धार टोली तयार गर्न भनेका छौं’, उनले भने, ‘खतरा मानिएको क्षेत्रमा जोखिम न्यूनीकरणका लागि सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेका छौं ।’

माडीको मकै खोला बढेपछि गाडाको सहायताले खोला तर्दै स्थानीय

अविरल वर्षाका कारण माडीमा रहेका खोला बढेको छ । माडी नगरपालिकामा रहेको ठाडो खोला बढेपछि स्थानीय बाढीको त्रासमा रहेका छन् । गत वर्ष बाढीले विस्थापित त्यस क्षेत्रका मानिस अझै बाढीको डरमा छन । खोलामा पानी बढेपछि यातायातसमेत अवरुद्ध भएको छ । वर्षाकै कारण वसन्तपुर बजार नजिक रहेको रतनी खोलाको पुल भाँसिएको छ । गत वर्ष माडीमा बाढीले क्षति पु¥याएको थियो । अविरल वर्षा हुन थालेपछि माडीबासी त्रासमा छन् ।

माडीको मकै खोला, खरकट्टा खोला, घागर खोला, किर्तनपुर खोला बढेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी नायब निरीक्षक भानुभक्त आचार्यले बताए । खोलाले बाटोसमेत कटान गरेको छ । आचार्यको नेतृत्वमा दैवीप्रकोप उद्धार टोली खटिएको छ । पानीको बहाब बढेपछि माडी–ठोरी सडकखण्ड अवरुद्ध बनेको छ । अधिकांश खोलामा पुल नभएकाले यातायात सेवासँगै आवातजावतमा समेत समस्या भएको छ । माडीस्थित रिउ खोलाको पानी खतराको सतह बढ्न थालेको छ ।

त्यस्तै पूर्वी चितवनमा रहेको राप्ती नदीको सहत बढेको छ । पानीको बहाब बढ्न थालेपछि नदी किनारका व्यवसायीले सामान थन्काउन थालेका छन् । नदी किनारमा रहेको रेस्टुरेन्टको तलको भाग डुबानमा परेको छ । बाढीकै कारण गत वर्ष सौराहा डुबानमा परेको थियो । राप्ती नदी किनारमा गत वर्ष ठूलो क्षति भएको कारण सतर्कता अपनाइएको रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) सौराहाका वरिष्ठ उपाध्यक्ष दीपक खतिवडाले बताए । ‘गत वर्ष बाढीको कारण हामीले ठूलो क्षति बेहोर्नुप¥यो’, उनले भने, ‘ पानीको सतह बढ्न थालेपछि आफै सतर्क भएर सामान थन्क्याएका छौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.