जतातत पहिरो, हटाउनै मुस्किल

जतातत पहिरो, हटाउनै मुस्किल

भरतपुर : नारायणगढ-मुग्लिन सडकखण्डको तोपे खोलामा गएको पहिरोले दुईतर्फी सडक अवरुद्ध भएपछि त्यसलाई सुचारु गर्न चार घण्टा लाग्यो । पहिरो सफा गरेर एकतर्फी बाटो सुचारु गर्न लाग्दा त्यसैको नजिक साँझ ६ बजे फेरि चार किलोमा पहिरो खसेर बाटो अवरुद्ध भयो ।

लगातारको वर्षाका कारण पहिरो सफा गर्न कठिनाइ भएको थियो । एक स्थानको पहिरो सफा गर्न नपाई अर्को स्थानमा पहिरो जाने समस्याले दिनभर यातायात प्रभावित भयो । चार वटा मेसिन दिनभर पहिरो सफा गर्न व्यस्त थिए । त्यसअघि मुग्लिन बजार नजिक पहिरो जाँदा बाटो अवरुद्ध भएको थियो ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार दिनभरै प्रभावित बन्यो । ठाउँ ठाउँमै पहिरो जाने समस्याले पटकपटक यातायात अवरुद्ध भयो । दिनभरजसो प्रहरी र आयोजनाका कर्मचारीलाई पहिरो हटाउन हम्मे हम्मे परेको थियो । उक्त सडकखण्डको ६ स्थानमा पहिरो गएको थियो ।

राजधानीसँग जोडिने मुख्य राजमार्ग मानिएको उक्त खण्डमा सोमबार दिनभर पहिरो खसेको थियो । मुख्य गरी चार किलो र तोपे खोलामा पटक पटक पहिरो जाने गरेको छ । पानी नरोकिएपछि पहिरोका कारण यात्रुले दिनभर सास्ती पाएका थिए । ‘कहाँ कतिबेला पहिरो जान्छ अड्कल गर्न सकिँदैन’, जिल्ला ट्राफिक प्रमुख वेदप्रसाद गौतमले भने, ‘एक ठाउँमा सफा ग¥यो अर्को ठाउँमा खस्ने हुँदा सफा गर्न समय लाग्दा यातायात प्रभावित बनेको हो ।’

जलविरे, चेपाङ डाँडा, भालुढुंगा, कालीखोला, मुग्लिन नजिकको डाँडामा दिनभर पहिरो खसेको थियो । सबैभन्दा ठूलो तोपे खोला र चार किलोमा पहिरो खसेको हो । कमजोर भूबनोटका कारण सामान्य वर्षामा पनि पहिरो खसेको सडक आयोजनाले जनाएको छ । आयोजनाका सूचना अधिकारी शिव खनालले कमजोर भूबनोटका कारण पहिरो खसेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.