नारायणगढ-मुग्लिन सडकको तोपेखोलामा ठूलो पहिरो (फोटो)
![नारायणगढ-मुग्लिन सडकको तोपेखोलामा ठूलो पहिरो (फोटो)](https://annapurnapost.prixacdn.net/media/albums/pahiro_20180704031129_egpytXX6pP.jpg)
भरतपुर : अविरल वर्षा र कमजोर भूवनोटका कारण ठाउँठाउँमा पहिरो जाँदा नारायणगढ मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ। तोपे खोलामा गत राति गएको पहिरो पन्छाउन आज दिनभर लाग्ने स्थिति देखिएको नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए।
सडक खण्डको कालीखोलामा पनि पहिरो खसेको छ। पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधनहरू मुग्लिनपट्टी नै रोकिएका छन् भने मुग्लिन आउने गाडीहरू जुगेडी र आँपटारीतर्फ नै रोकिएका छन्।
हेर्नुस् इन्जिनियर शिव खनालले अन्नपूर्णलाई पठाएका फोटोहरूः
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)