‘झोले डाक्टर’को उपचारले ज्यान गयो

‘झोले डाक्टर’को उपचारले ज्यान गयो

 राजविराज : ‘झोले डाक्टर’का कारण सप्तरीमा एक बालकको ज्यान गएको छ। तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका रामचन्द्र मुखियाका १५ वर्षीय छोरा बलराम मुखियाको सोमबार राति मृत्यु भएको हो। उनी तिलाठी कोइलाडीस्थित पब्लिक माविमा कक्षा ९ मा अध्ययनरत थिए।

सामान्य ज्वरो लागेका बलरामलाई सकरपुराका ५५ वर्षीय श्यामसुन्दर साहले सुई लगाइदिएपछि ज्यान गएको परिवारका सदस्यले बताएका छन्। दुईवटा सुई लगाएपछि बालकको शरीर तीलो भएको र मुखबाट फिँज निक्लिएर मृत्यु भएको मृतकका काका ओमप्रकाश मुखियाले बताए।

बलरामकी आमाले घरमा अरू नभएपछि साहसँग उपचार गराएको र साहले दुईवटा सुई लगाएपछि बालकको मृत्यु भएको अर्का काका उपेन्द्र मुखियाले बताए। ‘लापरवाही र गलत औषधिका कारण बालकको मृत्यु भएको हो, उनले आँसुु झार्दैै भने, ‘उसलाई कडा कारबाही गर्नुपर्छ।’ रामचन्द्र भने दुई वर्षदेखि साउदी अरबमा छन्।

हनुमाननगर स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पदमा कार्यरत साहले दुई वर्षअघि अवकाश पाएपछि गाउँमा स्वास्थ्योपचारको काम गर्दै आएको जनाइएको छ।

सप्तरीमा थुप्रै झोले डाक्टर भए पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयको भनाइ छ। सप्तरीका एसपी मुकेशकुमार सिंहले घटनाको अनुसन्धान भइरहेको जानकारी दिँदै साह फरार रहेकाले उनको खोजी भइरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.