गुड्दै गरेको ट्रकमा ठोक्‍किएर मृत्यु

गुड्दै गरेको ट्रकमा ठोक्‍किएर मृत्यु

राजविराज : गुड्दै गरेको ट्रकमा ठोक्‍किएर सप्तरीको कञ्चनरुप नगरपालिका- ९ स्थित पूर्व-पश्चिम राजमार्गमा मंगलबार राति करिब ८ बजे एक मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ गइरहेको ना.३ ख ३१२५ नम्बरको ट्रकको पछाडि ठोक्‍किएर सोही दिशातर्फ गइरहेको को.९प ७८१९ नम्बरको मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका-९ बस्ने मना यादवका छोरा १९ वर्षीय किशन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल पछाडि सवार सोही ठाउँका मृतकका छिमेकी २२ वर्षीय अरबिन्द यादव गम्भीर घाइते भएका छन्। घाइतेको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको डिएसपी भावेश रिमालले बताए।

दुर्घटनाग्रस्त मोटरसाइकल, ट्रक र ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.