बन्दकुसहित पक्राउ

बन्दकुसहित पक्राउ

राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिका-८ स्थित पूर्व-पश्चिम राजमार्गमा लुकाइछिपाइ बसबाट लैजाँदै गरेको भरुवा बन्दुकसहित एक युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

काँकडभिट्टाबाट धनगढीतर्फ गइरहेको ना.५ ख १२२६ नम्बरको मितेरी डिलक्स बसमा सुनसरीको इटहरीबाट चढेका इटहरी उप-महानगरपालिका २ का २९ वर्षीय दिनेश गिरीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको डिएसपी भावेश रिमालले बताए।

रोजगारका लागि विदेश जान लागेकाले इटहरी- २ स्थित जंगलमा फेला परेको बन्दुक सर्लाही रानीगञ्जस्थित दिदीको घरमा लुकाउन लगिरहेको बेला प्रहरीले पक्राउ गरेको आरोपित गिरीले बताए ।उनको साथबाट सेतो प्लाष्टिकले बेरेको एक थान भरुवा बन्दुक, दुई बट्टा बारुद, तीनवटा विदेशी टर्च बरामद गरिएको छ।

हातहतियार खरखजाना मुद्दामा कारवाही हुने डिएसपी रिमालले बताए।हातहतियार खरखजाना ऐन २०१९ को दफा ४ (२) अनुसार हातहतियार ओसारपसार गर्नेलाई तीन वर्षदेखि पाँच वर्ष कैद वा ६० हजारदेखि एक लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.