१२ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडडक
चितवनः ठुलो पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड १२ घण्टापछि दुईतर्फी सुचारु भएको छ । एकतर्फी सवारी भने दिउँसो साढे २ बजेदेखि नै सुचारु भएको थियो । तर दुईतर्फी सवारी सुचारु गराउन भने १२ घण्टा लागेको हो ।
अविरल वर्षा र कमजोर भूबनोटका कारण ठाउँठाउँमा पहिरो जाँदा नारायणग(मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको थियो ।
यो सडकको तोपे खोलामा गतराति गएको पहिरो पन्छाउन आज दिनभर लागेपछि केहीबेर अघिबाट दुईतर्फी यातायात सुचारु भएको नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए।
सडक खण्डको कालीखोलामा पनि पहिरो खसेको थियो। पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन मुग्लिनतर्फ नै रोकिएका थिए भने मुग्लिन आउने गाडी जुगेडी र आँपटारीतर्फ नै रोकिएका थिए ।
प्रतिक्रिया दिनुहोस !