बाढीबाट जोगिन सप्तकोसी र त्रियुगा नदीमा पूर्वअभ्यास

बाढीबाट जोगिन सप्तकोसी र त्रियुगा नदीमा पूर्वअभ्यास

राजविराज: बाढीका बेला हुने मानविय क्षतिलाई न्युनीकरण गर्न सप्तकोशी र त्रियुगा नदीमा बिपद पूर्व तथा बिपद्पछि अपनाउनुपर्ने आवश्यक तयारीका लागि कृत्रिम घटना अभ्यास गरिएको छ ।

सप्तकोशी नगरपालिका–३ स्थित त्रियुगा नदीको छेउमा रहेको सखुवनी टोलमा शुक्रबार समुदाय बिपद ब्यबस्थापन समितिमार्फत कृत्रिम घटना अभ्यास गरिएको हो ।

बिपद पूर्व सूचना प्रणालीअन्तर्गत पूर्वसूचना कार्यदल, खोज तथा उद्वार कार्यदल, प्राथमिक उपचार कार्यदल तथा राहत ब्यवस्थापनसहित पाँच कार्यदलबाट बाढीवाट हुने मानवीय क्षतिलाई न्युनीकरण गर्न कृत्रिम घटनाअभ्यास गरिएको कोशीपीडित समाजका निर्देशक देवनारायण यादबले बताए ।

जल तथा मौसम बिज्ञान र बाढी पूर्व अनुमान महाशाखाले गरेको बर्षाको पूर्वानुमान अनुसार देशको विशेष गरी पूर्वी क्षेत्रको कोशी नदी र त्रियुगा नदीमा उच्च बहावको सूचना उदयपुरको ज्यामिरेदेखि त्रियुगासम्म बाढी आउन ४५ मिनेट लाग्ने भएकोले त्यस समयमा बिपत ब्यवस्थापन गर्न कार्यदलको सक्रियताबारे घटना अभ्यास गरिएको हो ।

कोसी ब्यारेज र भारतको वीरपुरमा एकसाथ कोसी क्षेत्रमा काम गर्ने दुवै देशका उच्च कार्यदलका पदाधिकारीको उपस्थिति र सक्रियतामा कृत्रिम घटना अभ्यास गरी दुवै देशका बिपद व्यवस्थापन उच्च कार्यदलसँग बिपदको बेला अपनाउनु पर्ने साबधानीबारे छलफल समेत भएको छ । 

नेपालको त्रियुगा नदी र भारतको वीरपुरमा एकै समयमा राष्ट्रिय आपतकालिन केन्द्र, जिल्ला आपतकालिनदेखि वडा ःतहसम्ममा समुदाय बिपद कार्यदलबाट पानी बहावको सूचना एकसाथ दुवै मुलुकका बाढी प्रभावित क्षेत्रका समुदायमा पुग्ने बताइएको छ ।

कृत्रिम अभ्यासले बिपदको वेला समुदायमा सानो प्रकोपलाई प्रतिकार्य गर्न ठुलो सहयोग पुग्ने बिपद ब्यबस्थापन कार्यदलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.