असारे बजेट : २२ दिनमा २२ करोड खर्च

असारे बजेट : २२ दिनमा २२ करोड खर्च

भैरहवा : जिल्लामा यस वर्ष पनि असारे विकासको क्रम रोकिएन। असारमा गरिने विकास निर्माणका काम गुणस्तरीय नहुने भन्दै चौतर्फी आलोचनाका कुरा उठे पनि असारे विकासको परिपाटी नरोकिएको हो।

जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकले असारको २२ दिनमा मात्र झण्डै २२ करोड पुँजीगत बजेट खर्च भएको देखाएको छ। असार २२ को मध्याह्नसम्म २१ करोड ७२ लाख २५ हजार ५ सय ९४ रुपैयाँका विभिन्न आयोजना कार्यालयहरूलाई भुक्तानी दिइएको सूचना अधिकत मन्जु पन्थीले जानकारी दिइन्। यो डिभिजन सडक कार्यालय बुटवलबाहेकको खर्च हो।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रूपन्देहीले कुल पुँजीगत बजेट १ अर्ब ९७ करोड ३७ लाख ९९ हजारमध्ये असारको २२ दिनमा मात्र ४ करोड ९३ लाख २९ हजार ७५ रुपैयाँ खर्च गरेको छ। त्यस्तै व्यापारिक मार्ग विस्तार आयोजना ९बेलहिया वुटवल सडकले० ६८ करोड ७१ लाख ५० हजारमध्ये २२ दिनमा ३ करोड ३८ लाख २६ हजार ५ सय ६३ रुपैयाँ र भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालयले पुँजीगत बजेट १० करोड ५८ लाख ९९ हजार रुपैयाँमध्ये २२ दिनमा मात्र २ करोड ९० लाख २५ हजार ८ सय ९९ रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ।

खानेपानी तथा सरसफाइ डिभिजन कायालयले २२ करोड ४० लाख ५८ हजारमध्ये १ करोड ३५ लाख ८० हजार १ सय ७४ रुपैयाँ, पश्चिमाञ्चल सिँचाइ विकास डिभिजन–६ ले १८ करोड ६६ लाख ३२ हजारमध्ये १ करोड ३६ लाख ९९ हजार ५ सय ४३ रुपैयाँ, जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय डिभिजन ५ ले १० करोड ३४ लाख ७९ हजारमध्ये १ करोड १६ लाख ३६ हजार ६ सय १४ रुपैयाँ खर्च गरेका छन्।

लुम्बिनी परिक्रमा बर्दघाट पालडाँडा त्रिवेणी सडक योजनाले ३५ करोड ३९ लाख ५१ हजारमध्ये ९१ लाख ६४ हजार १ सय ४१ रुपैयाँ, किसानका लागि उन्नत बीउ कार्यक्रम कार्यान्वयन इकाइले ११ करोड ९३ लाख ७५ हजार मध्ये ६६ लाख ७१ हजार १ सय ३७ रुपैयाँ, मध्यपश्चिम पृतना हेर्डक्वाटर योगीकुटी बुटवलले ३९ लाख ४० हजारमध्ये असार महिनामा ३० लाख ९० हजार रुपैयाँ भुुक्तानी दिइएको सूचना अधिकृत पन्थीले जानकारी दिइन्।

त्यस्तै जिल्ला प्राविधिक कार्यालयले ८ करोड २७ लाख पुँजीगत बजेटमध्ये २० लाख ४९ हजार ४२ रुपैयाँ, जिल्ला समन्वय समिति कार्यालयले २० करोड ८४ लाख ९६ हजारमध्ये १५ लाख ८५ हजार ७ सय रुपैयाँ खर्च गरेको छ।

कोलेनिकाको तथ्यांकले २२ दिनमा २२ करोड पुँजीगत बजेट खर्च गरेको देखाएको छ।

यस्तै जबरजंग गणले पनि आफ्नो १९ लाख खुद पुँजीगत बजेटमध्ये १९ लाख रुपैयाँ नै असार महिनामा खर्च गरेको छ। २ नम्बर तालिम गणले ४५ लाखमध्ये १४ लाख ७२ हजार ७८ रुपैयाँ, नेपाली सैनिक ब्याट स्कुलले ५ करोड ५२ लाख ५ हजारमध्ये १४ लाख ९९ हजार ९ सय ५७ रुपैयाँ, बटवल सभाहल तथा प्रर्दशनी केन्द्र निर्माण कार्यान्वयन इकाइले ८ करोड २० लाख ९६ हजारमध्ये असार महिनामा मात्र १३ लाख १९ हजार २ सय ९० रुपैयाँ भुक्तानी दिइएको कार्यालयकी सूचना अधिकृत पन्थीले बताइन्।

उनका अनुसार रूपन्देहीमा ६ अर्ब ८८ करोड ४८ लाख ११ हजार ३ सय रुपैयाँ कुल पुँजीगत बजेटमध्ये असार २२ गतेसम्म ४ अर्ब ५८ करोड २७ लाख ८ सय ३७ रुपैयाँ खर्च भएको छ। यो प्रतिशतमा ६७ प्रतिशत हो। गत आर्थिक वर्ष ०७४÷०७५ मा ८ अर्र्ब ४१ करोड ९९ लाख कुल पुँजीगत बजेट मध्ये ६ अर्ब रुपैयाँ मात्र खर्च ९८० प्रतिशत० भएको थियो। यस वर्षको खर्च सन्तोषजनक रहेको र असार सम्म ८० प्रतिशत रकम खर्च हुने अनुमान गरिएको उनले बताइन्।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका १३ का व्यवसायी तुलसी भट्टराईले यसरी असार महिनामा मात्र धमाधम काम गर्ने परिपाटी गलत रहेको बताउँदै असार मसान्तलाई चैत मसान्तमा सार्नुपर्ने सुझाव दिए। उनले असार महिनामा गरिने काम गुणस्तरीय नहुने हुदाँ राज्यको अर्बौं रुपैयाँसमेत खेर जाने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.