धनुषामा ११ महिनामा २ सय ४६ दुर्घटना, ५४ को मृत्यु

धनुषामा ११ महिनामा २ सय ४६ दुर्घटना, ५४ को मृत्यु

जनकपुरधाम : धनुषामा सवारी दुर्घटना दिनप्रतिदिन बढ्दै गएको पाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा दुई सय ४६ सवारी दुर्घटना हुँदा ५४ जनाले ज्यान गुमाएका छन् भने दुई सय ७६ जना गम्भीर घाइते भएका छन्।

ट्राफिक प्रमुख तथा इन्सपेक्टर दिपक साहका अनुसार सबभन्दा बढी माघ र फाल्गुनमा १०-१० जनाको मृत्यु भएको छ।असोज, चैत र जेष्ठमा ५-५ जनाले ज्यान गुमाएका छन्। सबभन्दा बढी मोटरसाइकल दुर्घटनामा मृत्यु हुने गरेको इन्सपेक्टर साहले बताए। 

तीनजना चढ्ने, हेलमेट नलगाउने, मापसे गरेर तीव्र गतिमा गुडाउनु नै मोटरसाइकल दुर्घटनामा पर्नुको मुख्य कारण रहेको उनले बताए।उनले सवारी दुर्घटनामा पर्नुको मुख्य कारण जनचेतनाको कमी भएको बताए। दुर्घटना न्यूनिकरण गर्न दिनहुँ तीन पटक सवारी चेकजाँच गर्नुका साथै जनचेतना जगाउने काम भइरहेको उनले बताए ।

 स्कुल र कलेजमा गएर समेत ट्राफिक नियम र जनचेतनामुलक प्रशिक्षण दिने गरेको उनको भनाइ छ। इन्सपेक्टर साहले करिब ७० प्रतिशत सवारी चालक ट्राफिक नियमको उल्लंघन गर्ने गरेको बताउँछन्। 'कारबाहीमा परेपछि तत्काल सबैले ट्राफिक नियमको पालना गर्छु भनेर प्रतिवद्धता जनाउँछन्, उनले भने, 'तर सवारी चलाउने बेला बिर्सिन्छन्।

यो दुःख पक्ष हो।' आफ्नै ज्यान जोगाउन ट्राफिक नियमको पालना गर्नुपर्छ भन्ने सबैले बुझ्न जरुरी भएको उनले भने। हेलमेटको प्रयोग र तिब्र गतिमा मात्र मोटरसाइकल नचलाउने हो भने आधा दुर्घटना घट्ने उनको भनाइ छ।

११ महिनामा १ करोड ४० लाख राजश्व संकलन

चालू आर्थिक वर्षको ११ महिनामै ट्राफिक नियमको पालना नगर्ने सवारी चालकलाई कारबाही गर्दा एक करोड ४० लाख ७७ हजार रुपैयाँ राजश्व संकलन भएको छ। इन्सपेक्टर साहका अनुसार साउनमा ११ लाख ३३ हजार, भदौंमा ६ लाख ८१ हजार ५ सय, असोजमा ७ लाख २ हजार ५ सय, कात्र्तिकमा ८ लाख ९० हजार राजश्व उठेको छ।

यस्तै मंसिरमा ८ लाख ८० हजार ५ सय, पुसमा ११ लाख ४० हजार ५ सय, माघमा १३ लाख ९० हजार ५ सय, फाल्गुनमा १५ लाख ३१ हजार, चैतमा १४ लाख ६४ हजार, वैशाखमा १३ लाख ५२ हजार ५ सय, जेष्ठमा १५ लाख ८९ हजार र असार २४ गते सम्ममा १३लाख २२ हजार उठेको हो।

सबभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने मोटरसाइकल नै भएको इन्सपेक्टर साहले बताए। उनका अनुसार मोटरसाइकल चलाउँदा कागजजात नबोक्ने, तीनजना चढने, लाइसेन्स नभएको र मापसे गर्नेबाटै सबभन्दा बढी राजश्व उठेको हो।उनले राजश्व उठाउने काम नभएर बाध्यता मात्र रहेको बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.