सवारी दुर्घटना : ११ महिनामा ५४ को मृत्यु

सवारी दुर्घटना : ११ महिनामा ५४ को मृत्यु

नियम उल्लंघन गर्छन् ७० प्रतिशत चालक

जनकपुरधामः चालू आर्थिक वर्षको ११ महिनामा धनुषामा २ सय ४६ सवारी दुर्घटना हुँदा ५४ जनाले ज्यान गुमाएका छन्। यी दुर्घटनामा २ सय ७६ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर दीपक साहका अनुसार दुर्घटनामा सबैभन्दा बढी माघ र फागुनमा १०÷१० जनाको ज्यान गएको छ। असोज, चैत र जेठमा ५÷५ जनाले ज्यान गुमाएका छन्। मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढी रहेको इन्स्पेक्टर साहले बताए। 

तीन जना चढ्ने, हेल्मेट नलगाउने, मापसे गरेर तीव्र गतिमा चलाउने गरेका कारण मोटरसाइकल दुर्घटनामा पर्ने गरेको उनको भनाइ छ। सवारी दुर्घटना हुनुको मुख्य कारक जनचेतनाको कमी पनि रहेको उनले सुनाए। उनका अनुसार दुर्घटना न्यूनीकरणका लागि दिनहुँ तीनपटक सवारी जाँच गर्नुका साथै जनचेतना जगाउने काम भइरहेको छ। स्कुल र कलेजमा गएर ट्राफिक नियम र जनचेतनामूलक प्रशिक्षण दिने गरिएको छ।

उनका अनुसार ७० प्रतिशत सवारी चालक ट्राफिक नियम उल्लंघन गर्छन्। ‘कारबाहीमा परेपछि सबैले ट्राफिक नियम पालना गर्छु भनेर प्रतिबद्धता जनाउँछन्’, उनले भने, ‘तर, सवारी चलाउने बेला बिर्सिन्छन्, यो दुःखद् पक्ष हो।’ आफ्नै ज्यान जोगाउन ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने बुझ्न जरुरी रहेको उनले बताए।

उनका अनुसार समीक्षा अवधिमा ट्राफिक नियम पालना नगर्ने चालकलाई कारबाही गर्दा १ करोड ४० लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको छ। साउनमा ११ लाख ३३ हजार, भदौमा ६ लाख ८१ हजार ५ सय, असोजमा ७ लाख २ हजार ५ सय, कात्तिकमा ८ लाख ९० हजार राजस्व उठेको थियो। मंसिरमा ८ लाख ८० हजार ५ सय, पुसमा ११ लाख ४० हजार ५ सय, माघमा १३ लाख ९० हजार ५ सय, फागुनमा १५ लाख ३१ हजार, चैतमा १४ लाख ६४ हजार, वैशाखमा १३ लाख ५२ हजार ५ सय, जेठमा १५ लाख ८९ हजार र असार २४ गतेसम्ममा १३ लाख २२ हजार राजस्व उठेको जनाइएको छ। सबैभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्नेमा मोटरसाइकल चालक नै भएको उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.