युद्धविराम गर्ने सहमतिपछि घर फर्कँदै सिरियाली

युद्धविराम गर्ने सहमतिपछि घर फर्कँदै सिरियाली

बेरुत : सिरियाली सरकारको मुख्य सहयोगी रूस र दक्षिण सिरियामा सक्रिय विद्रोही समूहबीच युद्धविरामका लागि सहमति भएपछि हजारौं नागरिक स्वदेश फर्किएको सिरियाली मानव अधिकारवादी संघसंस्थाले जनाएका छन् ।

सरकारी सेनाले रूसको सहयोगमा गत दुई सातादेखि गरेको कारबाहीमा झण्डै ५ सयजनाको मृत्यु भएको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ । युद्धविराम सहमतिपछि विद्रोही दारा क्षेत्रबाट पछि हट्न सहमत भएका छन् । त्यस क्षेत्रबाट पछि हट्ने समयमा विलम्ब गर्दा दुई ठाउँमा भएका हवाई आक्रमणमा चार सर्वसाधारणको मृत्यु भएको छ । दक्षिण सिरियाका अन्य क्षेत्रमा अवस्था क्रमशः सामान्य बन्न थालेको मानवअधिकारवादी समूहले जनाएको छ ।

सिरियामा सात वर्ष पहिले चलेको गृहयुद्धसँगै विद्रोहीको नियन्त्रणमा रहेको दारा प्रान्तको जोर्डनसँगको सीमाक्षेत्र र इजरायलद्वारा नियन्त्रणमा लिएको गोलन हाइट्सलाई सिरियाले पुनः फिर्ता गर्ने प्रतिबद्धतासहित अघि बढेपछि अन्तर्राष्ट्रिय समुदायको दबावमा युद्धविराम गरिएको हो । जुन १९ पछि सरकारी फौजद्वारा गरेको व्यापक रूपमा गोलाबारी गर्न थालेपछि करिब तीन लाख २० हजार नागरिक विस्थापित बनेको राष्ट्रसंघको ठहर छ ।

उक्त क्षेत्रमा जोर्डनले सिरियाली आप्रवासी शरणार्थीको भार धान्न नसक्ने भन्दै प्रायः सबै नाका बन्द गरिदिएको छ । विद्रोही र सरकारी फौजबीच गत शुक्रबार युद्धविरामको सहमति भएको थियो । सहमतिअनुसार विद्रोहीले सरकारलाई ठूलाखाले हतियार बुझाउने र उक्त प्रदेशमा सरकारको उपस्थितिलाई स्वीकार गर्नुपर्ने बताइएको छ । शनिबार र आइतबार करिब ६० हजार सिरियाली नागरिक घर फर्केका छन् । युद्धविराम सहमति इस्लामिक स्टेट (आइएस) जिहादी समूहका लागि भने लागू हुनेछैन।

ट्युनिसियामा ५ सैनिक मारिए

 अल्जेरियासँगको ट्युनिसियाली सीमा क्षेत्रमा आइतबार ‘आतंककारी आक्रमण’ भएको ट्युनिसियाली आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । यसपहिलेको मृतक संख्यालाई अद्यावधिक गर्दै मन्त्रालयले भनेको छ, ‘ऐन सुल्तान क्षेत्रमा सीमा क्षेत्रको गस्तीमा तैनाथ सुरक्षा गार्डलाई लक्षित गरी जमिनमुनि बिछ्याइएको विद्युतीय धराप विस्फोट गराउँदा ५ जनाको मृत्यु भएको छ ।’ यसअघि उक्त घटनामा आठजनाको मृत्यु भएको मन्त्रालय स्रोतले जनाएको थियो ।

स्थानीय समयअनुसार बिहान ११ः४५ बजे भएको विस्फोटपछि आक्रमणकारीले सुरक्षाकर्मीमाथि गोलीसमेत चलाएको थियो । मन्त्रालयका प्रवक्ता जनरल सुफयान अल–जाकले आक्रमणलाई आतंककारी हमला भएको पनि यसको कसैले जिम्मेवारी नलिएको उनले स्पष्ट पारे । ट्युनिसियामा पर्यटनका लागि अनुकूल मौसममा उक्त आक्रमण भएको छ । सन् २०११ मा भएको सत्तासमीकरण पछि दर्जनौँ सुरक्षाकर्मी र ५९ पर्यटकले ज्यान गुमाएका छन् । सरकारले सन् २०१५ को नोभेम्बरदेखि यहाँ संकटकालको घोषणा गरेको थियो । एक विस्फोटमा राष्ट्रपतिका १२ जना सुरक्षा गार्डको निधन भएपछि संकटकाल घोषणा गरिएको थियो ।


एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.